काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले रुपन्देही ३ मा हुने उपनिर्वाचनको लागि आवेदन दिएका इच्छुक व्यक्तिहरूको नामावली सार्वजनिक गरेको छ । बिहीबार रास्वपाले फेसबुक पेजमार्फत रुपन्देही-३ को उपनिर्वाचनमा उम्मेदवार बन्न ९ जनाले आवेदन दिएको बताएको हो ।
साउन ७ देखि २१ गतेसम्म आवेदन दिने समय तोकिएको थियो। साउन २५ गते उम्मेदवारसँग छलफल गरिनेछ भने साउन २६ गते प्रारम्भिक नामावली सार्वजनिक हुने र भदौ १२ गते प्रारम्भिक निर्वाचन हुने रास्वपाका रुपन्देही इन्चार्ज विपिन आचार्यले जानकारी दिए।
रास्वपाले आवेदनको लागि साउन ७ गते बिहान १० बजेदेखि २१ गते बेलुका ५ बजेसम्मको समयसीमा तोकेको थियो । दर्ता भएका उम्मेदवारीमाथि शुक्रबार बिहान १० बजेदेखि शनिबार ५ बजेसम्म दाबी विरोध गर्न सक्ने रास्वपाले जनाएको छ ।
त्यस्तै रास्वपाले साउन २५ गते उम्मेदवारहरूसँग छलफल गर्ने, २६ गते प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशित गर्ने, साउन २६ देखि भदौ ११ गतेसम्म पार्टीले अवलम्बन गरेको उम्मेदवार छनोट विधि अनुसार मापन गरिने र भदौ १२ गते बिहानदेखि साँझ ५ बजे उम्मेदवार छनौटका लागि प्रारम्भिक मतदान हुने रास्वपाले जनाएको छ ।
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत...