२०८२ फाल्गुन २५
March 9, 2026, Monday

बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँले लिए शपथ

बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँले लिए शपथ

काठमाडौं |  बागमती प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गरेका छन् । बागमतीकाे छैटौं मुख्यमन्त्रीकाे रूपमा आज मंगलबार दिउँसाे नियुक्त भएका बानियाँलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकाेटाले पद तथा गोपनियताको शपथ ग्रहण गराए । देवकाेटाले आजै बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

नेपालको संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री बनेका बानियाँ प्रदेशका छैटौँ मुख्यमन्त्री हुन् । उनी कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

एमालेले आफ्नो भागमा परेका ६ जना मन्त्री मधे ५ जना नयाँ अनुहार छानेको छ भने एक जनालाई दोहोराएको छ । दोहोरिनेमा स्वास्थ्यमन्त्री किरण थापा रहेका छन् । त्यस्तै मधुशोधन पौडेलले कृषि मन्त्रालय, भरत केशीले वन मन्त्रालय, जयराम थापाले श्रम, रोजगार तथा यातायात मन्त्रालय, बिन्दु श्रेष्ठले उद्योग मन्त्रालय र डा. दिनेशचन्द्र देवकोटाले  भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०८२ श्रावण २०

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०८२ श्रावण २०

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०८२ श्रावण २०

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP