काठमाडौँ ।राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रखेश प्रमुखलाई तोकेका छन् ।
कोशी प्रदेश प्रमुख पर्शुराम खापुङको अनुपस्थितिमा राष्ट्रपति पौडेलले मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई कोशी प्रदेश प्रमुखको कार्यभार तोकेका हुन् ।
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्ग मलेसियामा आयोजना हुने नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको चौथो अधिवेशनमा प्रमुख अतिथिको रूपमा सहभागी हुन मलेसिया जाने भएकाले उनको अनुपस्थितिमा कोशी प्रदेश प्रमुखको कार्यभार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिस बमोजिम मधेश प्रदेशका प्रमुख भण्डारीलाई तोकेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिस बमोजिम भण्डारीलाई प्रमुख तोकिएको हो ।
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...