काभ्रे, साउन १८| काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका वडा नम्बर –८, बिर्तादेउराली भोलुङ स्थाई घर भै हाल जापानमा अध्ययनरत २७ वर्षीय प्रवीण थापाको यही मिति २०८२ साउन १० गते शनिबार (२५ जुलाई २०२५) जापानको चिबा केनस्थित माचुडो खोलानजिक मृत अवस्थामा फेला परेको दु:खद खबरले सम्पूर्ण चौरीदेउराली समाज काभ्रे, जापान स्तब्ध र शोकाकुल भएको छ।
स्व. थापा, श्री प्रेमबहादुर थापा र श्रीमती अम्बिका खरेल थापाका सुपुत्र हुन्। अध्ययन र भविष्य निर्माणको लक्ष्य लिएर जापान गएका थापाको यति चाँडो निधन हुनु सम्पूर्ण नेपाली समाजका लागि मर्मस्पर्शी र हृदयविदारक घटना भएको चौरीदेउराली सम्पर्क समाज जापान काभ्रेका प्रतिनिधिले हाम्रो कोशिपारी अनलाइनलाई बताएका छन् ।

अन्त्येष्टि समाजकै समन्वयमा सम्पन्न प्रवीण थापाको पार्थिव शरीरको दाहसंस्कार यही मिति २०८२ साउन १८ गते (अगस्ट ३, २०२५) मा चौरीदेउराली सम्पर्क समाज काभ्रे जापानको प्रतिनिधिहरुको नेतृत्व, समन्वय र प्रत्यक्ष पहलमा सम्पन्न गरिएको छ। समाजले “स्व. प्रवीण थापा सहयोग अभियान” सञ्चालन गरी पोष्टमार्टम, अन्त्येष्टि लगायतका सम्पूर्ण प्रक्रिया व्यवस्थापन गर्न आवश्यक सहयोग संकलन गरेको थियो। सोही अभियानमार्फत संकलित रु. २,४३,१०० (दुई लाख त्रिचालिस हजार एक सय रुपैयाँ) मृतकका लागि आवश्यक कार्यमा खर्च गरिएको जानकारी दिइएको छ।
अभियानमा सक्रिय सहभागिता यस पवित्र कार्यमा संयोजक निरंजन गौतम, संरक्षक आर.एच. गौतम, अध्यक्ष पेमा लामा वाइबा, कोषाध्यक्ष शिखर चौलागाईं, सल्लाहकार समिति संयोजक मञ्जु गिरी, तथा अन्य पदाधिकारी, सदस्य र समाजप्रति समर्पित सहयोगी मनहरूको उल्लेखनीय भूमिका रहेको समाजले जनाएको छ। समाजले जापानस्थित सम्पूर्ण नेपाली समुदाय, विविध सामाजिक संघसंस्थाहरू तथा शोकको घडीमा साथ दिने सबै सहयोगी हातहरू प्रति हार्दिक आभार प्रकट गरेको छ। श्रद्धाञ्जली र समवेदना चौरीदेउराली सम्पर्क समाज काभ्रे , जापानले स्व. प्रवीण थापाप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै, उहाँको पवित्र आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनमा धैर्य, शक्ति र साहसको कामना गरेको छ।
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...