जापान । चौरीदेउराली सम्पर्क समाज काभ्रे जापानको प्रथम अधिवेशन यही आउँदो सन् २०२५ जुलाई २१ तारिख सोमबारका दिन,दिनको १२ बजे टोकियो,जापानमा सम्पन्न भएको छ । चौरीदेउराली सम्पर्क समाज काभ्रे, जापान (Chaurideurali Social Connection Society Kavre, Japan) को प्रथम अधिवेशन बाट सर्वसम्मत रूपमा ३ समितिहरु सहित नयाँ कार्यसमिति चयन भएको छ। तीन समितिहरू सहित नयाँ बनेको कार्यसमितिलाई हार्दिक बधाई तथा शुभ कामना ब्यक्त गरेको छ ।
संस्थाको उद्देश्य जापानमा रहेका चौरीदेउराली क्षेत्रका नेपालीहरूबीच सामाजिक एकता, हकहित, सहयोग, सुरक्षा र आत्मीयता प्रवर्द्धन गर्ने रहेको छ । साथै, चौरीदेउराली क्षेत्रको संस्कृति, भाषा र सामाजिक धरोहरलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने दीर्घकालीन लक्ष्य लिएको छ।

हिजो सम्पन्न कार्यक्रममा पेमा लामा वाईबाको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमितिसहित संरक्षक समिति र सल्लाहकार समिति सर्वसम्मतले चयन गरेको छ ।
अधिवेशनले कार्यसमितिको उपाध्यक्षमा निरंजन गौतम, अनिल लामा, सुरेन्द्र गिरी र अमृता चौलागाई, महासचिबमा रञ्जित गौतम, सचिबमा दीपक अधिकारी, ज्ञानेन्द्र प्रधान र सुनिस लामा, कोषाध्यक्षमा सिखर चौलागाई तथा सहकोषाध्यक्षमा दिपेन्द्र गिरी चयन गरेको छ ।
यस्तै कार्यसमिति सदस्यहरुमा उमेश गौतम, मुक्ति गौतम, बुद्ध चौलागाई, बिकास राज गिरी, दिनेश गौतम, मनोज गिरी, दीपेन्द्र गौतम, मनिता गौतम, सीएन प्रकाश, निशाना गौतम, रोसना खरेल, दिपिका चौलागाई, विनोद गिरी, प्रधान आंदी, प्रनिल गौतम, यसोदा गौतम, निसर्जन लामा, लक्ष्मण चौलागाईं, पेम्वा लामा र राजन गौतम चयन भएका छन ।
अधिवेशनले कुलमान लामा र आर एच गौतमको संरक्षक समिति गठन गरेको छ भने मञ्जु गिरीको संयोजनमा याङ नोर्बु लामा, रमेश गौतम, चुनाबलाल तामाङ, रक्षक गौतम, अच्युत गिरी, बैकुण्ठ गौतम, ठाकुर गौतम, कुमार गिरी र अरुण राज गिरी रहेको सल्लाहकार समिति गठन गरेको छ ।
सो अधिवेशन ” सदभाव,सहयोग र समर्पण -चौरीदेउराली जापान”भन्ने नाराकासाथ भव्य रुपमा अधिवेशन सम्पन्न भएको छ| साथै, चौरीदेउराली क्षेत्रको संस्कृति, भाषा र सामाजिक धरोहरलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने दीर्घकालीन लक्ष्य लिएको छ।
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तीन...
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । केही दिनयता...