२०८२ मंसिर २४
December 10, 2025, Wednesday

विद्यालय शिक्षा विधेयक पारित गर्न सरकारलाई अल्टिमेटम

विद्यालय शिक्षा विधेयक पारित गर्न सरकारलाई अल्टिमेटम

काठमाडौँ । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक पारित गर्न सरकारलाई २० दिनको अल्टिमेटम दिएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै महासंघले साउन २१ गतेभित्र विधेयक पारित नभए कडा आन्दोलनमा जाने चेतावनी दिदै अल्टिमेटम दिएको हो । महासंघले आन्दोलनको स्वरुप र कार्यक्रमहरु पछि सार्वजनिक गर्ने बताएको छ । पत्रकार सम्मेलनमा शिक्षक प्रतिनिधिहरुले असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने प्रतिवद्धताबाट सरकार पछि हटेको र समयसीमा सकिएको दुई सातासम्म पनि शिक्षकहरुलाई नै दोषी देखाएर सरकार उम्कन खोजेको आरोप लगाएका छन् ।

साउन २१ गतेभित्र विधेयक पारित नभए पुनः आन्दोलनमा जानुको विकल्प नभएको बताउदै उनीहरुले सहमति कार्यान्वयनमा सरकारलाई इमान्दार हुन आग्रह गरेका छन् ।

आन्दोलनरत शिक्षकहरुसँग गत बैशाख १७ गते ९ बुँदे सहमतिमा असार १५ गतेसम्म शिक्षा विधेयक पारित गर्ने बताइएको थियो । उक्त सहमति मन्त्रिपरिषद बैठक बसेर अनुमोदन गरिएको थियो । त्यसैगरी प्रतिबद्धता पत्रमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका मुख्य सचेतक महेश बर्तौला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले हस्ताक्षर गरेका थिए । विद्यालय शिक्षा ऐन र सेवा सुविधाको माग गर्दै २९ दिन काठमाडौंको सडकमा शिक्षकले आन्दोलन गरेका थिए ।

Related News

धुलिखेलमा उन्नत ड्रोन प्रविधि कार्यशाला : चिनियाँ उड्डयन विज्ञहरूको सहभागिता
धुलिखेलमा उन्नत ड्रोन प्रविधि कार्यशाला : चिनियाँ उड्डयन विज्ञहरूको सहभागिता
  • २०८२ श्रावण २

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपालको बढ्दो ड्रोन तथा उड्डयन प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने उद्देश्यसहित ड्रोन हब नेपाल...

आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
  • २०८२ श्रावण २

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानकि गरेको छ । जसनुसार अमेरिकी डलर...

समतामूलक समृद्धिका लागि नयाँ राजनीतिक मोडेल आवश्यक : बस्नेत
समतामूलक समृद्धिका लागि नयाँ राजनीतिक मोडेल आवश्यक : बस्नेत
  • २०८२ श्रावण २

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं धनगढी । गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बहादुर बस्नेतले देशलाई समतामूलक समृद्धितर्फ उन्मुख गराउन...

TOP