पोखरा । बागलुङमा गएराति जीप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । जसमा एक जनाको अवस्था गम्भीर रहेको छ ।
गम्भीर घाइते गल्कोट नगरपालिका वडा नं ६ भुजुङका १७ वर्षीय प्रतिक श्रीसलाई थप उपचारका लागि पोखरा ल्याइएको प्रहरीले जनाएको छ । उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
ईलाका प्रहरी कार्यालय गलकोटका अनुसार बाँकी १५ जना घाइतेमध्ये चालकसहित सात जनाको गल्कोट नगर अस्पतालमा उपचार भइरहेको छ भने आठ जना उपचारपछि घर फर्किएका छन् ।
गएराति करिब ११ बजे ताराखोलादेखि गल्कोट हटियातर्फ जाँदै गरेको ग१ज ७१८९ नम्बरको बोलेरो पिक अप जीप ताराखोला गाउँपालिका वडा नं ३ पिरेचामा दुर्घटना भएको थियो । जीपमा क्षमताभन्दा बढी यात्रु बोकेको र चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीको अनुमान छ । जीप मोटरबाटोदेखि करिब ३० मिटर तल खसेको थियो ।
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं सर्लाही । मधेश प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका पाँच जना प्रदेश...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी)...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट...