काठमाडौं । टिभी शो ‘कमेडी दरबार’को ४ एपिसोडमा नदेखिएका हाँस्यकलाकार मनोज गजुरेल कार्यक्रममा फर्किएका छन् । मंगलबारदेखि उनले ज्वाइन गरे । यो शोमा महाराजाको भूमिकामा देखिएका उनले आज नयाँ एपिसोड छायांकन गरे ।
शोमा महाराजाको भूमिकामा रहेका उनी एक महिना लामो युरोप टुरमा थिए। मनोज गजुरेलको स्थानमा फिल्म निर्देशक प्रदीप भट्टराईलाई ल्याइएको थियो ।
‘कमेडी दरबार’ को मंगलबार छायांकन गरिएको एपिसोडमा टेलिसिरियल ‘सक्किगोनि’ का कलाकारहरू सागर लम्साल, हरिश निरौला, रक्षा श्रेष्ठ, प्रियना आचार्यलगायतका कलाकारहरूलाई अतिथि बनाइएको छ ।
‘कमेडी दरबार’ लाई श्रद्धा प्रसाईं र विक्की अग्रवालले निर्देशन गर्दै आएका छन्। शोमा पर्फमरका रूपमा थुप्रै कलाकारहरूले प्रस्तुति दिँदै आएका छन्।
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...