काठमाडौं । सरकारले लागुऔषध नियन्त्रणका निम्ति आउँदो आर्थिक वर्षमा लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने भएको छ ।बिहीबार काठमाडौँमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् । मन्त्रालयले लागुऔषधको दुरुपयोग अवैध ओसारपसारको नियन्त्रण गर्ने कुरालाई अत्यन्तै गम्भिरतापूर्वक र प्राथमिकतामा राखेको बताउँदै उनले आगामी आवमा गृहमन्त्रालय अन्तर्गत लागुऔषध नियन्त्रण विभाग स्थापना गरिने घोषणा गरे ।
उनले भने,‘गृह मन्त्रालयले लागुऔषधको दुरुपयोग अवैध ओसारपसारको नियन्त्रण गर्ने कुरालाई अत्यन्तै गम्भिरतापूर्वक र प्राथमिकतामा राखेको छ । हामी लागूऔषधलाई नियन्त्रण गर्नको लागि बेग्लै विभागको स्थापना गर्ने छौं । म यो घोषणा गर्न चाहान्छु । आउने नयाँ आर्थिक वर्षमा गृहमन्त्रालय अन्तर्गत लागुऔषध नियन्त्रण विभाग स्थापना गरिने छ ।’त्यसैले पहिला लागूऔषधको सेवनले मानिसको जीवन समाप्त गर्छ भन्ने कुराको चेतना जगाउन आवश्यक छ। यस्तो चेतना विद्यालय-विद्यालयमा पुग्न जरुरी छ।’
गृहमन्त्रीका अनुसार देशभरका कैदीबन्दीमध्ये ठूलो संख्यामा लागुऔषधसम्बन्धी मुद्दामा परेका छन्। मन्त्रालयमा आफू आउँदादेखि लागुऔषध नियन्त्रणमा विशेष चासो दिइएको पनि उहाँले बताएका छन् । लागुऔषध आफैँमा एउटा समस्या रहेको र यसले समाजमा अरू समस्या पनि सिर्जना गरिरहेको उनले बताए ।देशभरमा कारागारमा रहेका कैदीबन्दीमध्ये दोस्रो सबैभन्दा ठुलो संख्यामा लागुऔषधको दुर्व्यसनी, भण्डारण, ओसारपसार गर्नेहरू रहेको बताए ।
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी)...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन ५ सयले घटेको हो...