काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सोमबार ४ अंकको सुधार आएको छ । गत साता मंगलबारदेखि निरन्तर घटेको नेप्से सोमबार बढेको हो ।
यस दिन सेन्सेटिभ इण्डेक्स ०.९७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंकले बढेको छ । यद्यपी आईतबारको तुलनामा यसदिन कारोबार रकम भने घटेको छ । आज कुल ३२५ स्टकको ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार ६७८ रुपैयाँ बराबरको १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता शेयर खरिद बिक्री भएको छ । आईतबार ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार रुपैयाँबराबरको २ करोड १५ लाख ४७ हजार ५५ कित्ता शेयर खरिदबिक्री भएको थियो ।
सोमबार जोशी हाइड्रो कम्पनी र पञ्चकन्या माई हाइड्रो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । तर, गुँरास लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ । नेप्सेमा कारोबार भएका १ सय २३ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय २४ कम्पनीको मूल्य घटेको छ । साथै, बैंक तथा फाइनान्स कम्पनीको सेयर मूल्यमा सुधार आएपछि त्यसको सकारात्मक प्रभाव समग्र नेप्से सूचकमा देखिएको हो ।
त्यस्तै यसदिन बरुण हाइड्रो पावर कम्पनीको शेयर मूल्य करीब साढे ५ प्रतिशतले बढेको छ । पाँचथर पावर कम्पनीको मूल्य ५.१८ प्रतिशत बढेको छ भने राधि जलविद्युत कम्पनीको शेयर मूल्य ४.८६ प्रतिशतले बढेको छ ।
त्यसैगरी, गुराँस लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मूल्य यस दिन सर्वाधिक १० प्रतिशतले घटेको छ । पियोर इनर्जी र दोर्दि खोला जलविद्युत कम्पनीको शेयर मूल्य पनि क्रमशः ५.६८ प्रतिशत र ४.८९ प्रतिशतले घटेको छ ।
राधि जलसविद्युत कमपनी, बुटवल पार कम्पनी, नाग्दी ग्रुप पावर लिमिटेड, सानीमामाई हाइड्रोपावर र हिमालयन पावर पार्टनरको शेयर आज सर्वाधिक माग भएको छ ।
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...