२०८२ चैत्र ३
March 17, 2026, Tuesday

विभिन्न प्रदेशमा गएरातिदेखि भारी वर्षा

विभिन्न प्रदेशमा गएरातिदेखि भारी वर्षा

काठमाडौं । हाल कोसी, मधेस, वामग्मती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव छ ।पश्चिम भूभागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ । भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको विभागले बताएको छ ।
देशका केही भूभागका आज वर्षाको सम्भावना रहेको छ । केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

विभिन्न प्रदेशमा गएरातिदेखि नै वर्षा भइरहेको छ । बर्दिया जिल्लाका दौलतपुर, बर्गादही, राम्भापुर, रानिजरुवा र कुम्रा गाउँ वर्षामापन केन्द्रमा भारीदेखि अति भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।गण्डकी र लुम्बिनी प्रदेशस्थित गोर्खा, लमजुङ, कास्की, पर्वत, पाल्पा, बागलुङलगायत आसपासको क्षेत्रहरूमा मध्यमदेखि भारी वर्षा भएको छ ।लमजुङको खुदी बजार आसपासको क्षेत्रमा पनि भारी वर्षामापन भएको छ । खुदी खोलामा जलसतह बढेको छ । उक्त नदी तटीय क्षेत्रको डुबान भइरहने होचा भूभागहरूमा रहनेहरूले उच्च सतर्कता अपनाउनुपर्ने विभागले बताएको छ ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशको पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना छ । कोसी र मधेस प्रदेशका तराईका भूभागहरूका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।

विभागले राति पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

Related News

नेपाल आयल निगमद्वारा इन्धनको मूल्य वृद्धि : पेट्रोलमा १५ र डिजेलमा १० रुपैयाँ बढ्यो
नेपाल आयल निगमद्वारा इन्धनको मूल्य वृद्धि : पेट्रोलमा १५ र डिजेलमा १० रुपैयाँ बढ्यो
  • २०८२ असार ६

कोशीपारी अनलाइन चैत्र २, काठमाण्डौं नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार बिहान १२ बजेदेखि लागू हुने...

आजको मौसम : पहाडी भूभागका केही स्थानमा अशिनासहित वर्षाको सम्भावना, हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ
आजको मौसम : पहाडी भूभागका केही स्थानमा अशिनासहित वर्षाको सम्भावना, हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ
  • २०८२ असार ६

कोशीपारी अनलाइन चैत्र २, काठमाण्डौं हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश सहित बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा...

राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री अर्याल सिफारिस
राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री अर्याल सिफारिस
  • २०८२ असार ६

कोशीपारी अनलाइन चैत्र २, काठमाण्डौं सरकारले राष्ट्रियसभाको रिक्त सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले...

TOP