जापान । नेपाल तामाङ समाज सिजुओका क्षेत्रीय तदर्थ कार्यसमिति,जापानको आज सिजुओकामा प्रथम अधिवेशन सम्पन्न भएको छ । 
समाजको सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि नेपाल तामाङ समाज क्षेत्रीय कार्यसमिति,सिजुओका,जापानको अध्यक्षमा विजयसागर योञ्जन तामाङको अध्यक्षतामा उपाध्यक्षहरु कुमार थिङ,दीपक थिङ,महिला उपाध्यक्ष शान्ता तामाङ,सचिव मिलन थिङ,सहसचिव सुजन योञ्जन,कोषाध्यक्ष पारू लामा सहकोषाध्यक्ष प्रभात बम्जन,सदस्यहरु क्रमशः अनिता तामाङ,विशाल तामाङ,भुवन तामाङ,बिजय रुम्बा,मीना मोक्तान,प्रताप तामाङ र पञ्चलाल तामाङ निर्विरोध निर्वाचित भएको नेपाल तामाङ समाज जापान केन्द्रीय कार्यसमिति श्रोतले जनाएका छन् ।
यस अधिवेशनले तामाङ समुदायको सांस्कृतिक, सामाजिक र सांगठनिक एकतालाई थप सुदृढ बनाउने विश्वास लिएका छन् । नेतृत्वमा सिजुओका स्थित तामाङ समुदाय अझ संगठित, जागरुक र सक्षम बन्नेछ भन्ने कुरामा विश्वस्त रहेका छन्
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...