२०८२ फाल्गुन १
February 13, 2026, Friday

अदालतका विषयमा टिप्पणी गर्नु उपयुक्त हुँदैन : महामन्त्री थापा

अदालतका विषयमा टिप्पणी गर्नु उपयुक्त हुँदैन : महामन्त्री थापा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारका कामको समीक्षा हुनुपर्ने बताएका छन् । महामन्त्री थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले टिप्पणी नगर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दाको सम्मानपूर्वक निरुपण गरिनुपर्नेमा जोड दिए ।उनले हरेक नेताले आफ्नो निर्वाचन क्षेत्रमा सदस्यता नवीकरण र छिनोफानोको काम पूरा गर्नुपर्ने बताए।

महामन्त्री थापाले नेपाली कांग्रेसको आगामी महाधिवेशन हुनु अगावै क्रियाशील सदस्यको विषय टुङ्गो लाग्नुपर्ने भन्दै हरेक नेताले आफ्ना निर्वाचन क्षेत्रमा सदस्यता नवीकरण एवं  छिनोफानो गर्नुपर्ने बताए । कांग्रेसका नेताहरूले आफ्नो जिम्मेवारी समयमै पूरा गर्नुपर्ने धारणा राख्दै उनले सरकारको सफलताका निम्ति सम्पूर्ण प्रयत्न गरिएको बताए ।

महामन्त्री थापाले सरकारले अपेक्षाकृत काम गरी जनताको मन जित्नुपर्ने र हाल भइरहेका कामको समीक्षा हुनुपर्ने बताए।

Related News

सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो
  • २०८२ जेष्ठ २३

कोशीपारी अनलाइन फागुन १, काठमाण्डौं फागुन महिनाको पहिलो कारोवार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी...

प्रतिनिधिसभा निर्वाचनमा कर्णालीका १० पूर्वसहकर्मीहरुको रोचक प्रतिस्पर्धा
प्रतिनिधिसभा निर्वाचनमा कर्णालीका १० पूर्वसहकर्मीहरुको रोचक प्रतिस्पर्धा
  • २०८२ जेष्ठ २३

कोशीपारी अनलाइन फागुन १, काठमाण्डौं सुर्खेत । आसन्न प्रतिनिधी सभा निर्वाचनमा १० जना पूर्व सहकर्मीहरु चुनावी प्रतिस्पर्धामा छन् । प्रमूख...

ज्येष्ठ नागरिक लक्षित सेवा प्रभावकारी रूपमा विस्तार गरिने
ज्येष्ठ नागरिक लक्षित सेवा प्रभावकारी रूपमा विस्तार गरिने
  • २०८२ जेष्ठ २३

कोशीपारी अनलाइन फागुन १, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी नगर प्रमुख सुनिता डंगोलले ज्येष्ठ नागरिक लक्षित सेवा प्रभावकारी रूपमा विस्तार गर्नुपर्नेमा जोड...

TOP