२०८२ मंसिर २४
December 10, 2025, Wednesday

सेयर बजार राताम्मे, ३५ अंकले घट्यो

सेयर बजार राताम्मे, ३५ अंकले घट्यो

काठमाडौं । मंगलबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक ३५.७३ अंक (१.३२ प्रतिशत) घटेको छ । सो अंकको कमीपछि नेप्से २६५८.९३ मा अडिएको छ ।अघिल्लो दिन नेप्से परिसूचक  १.६० अंकले बढेर २६९४.६६ विन्दुमा पुगेको थियो। सो दिन ९ अर्ब माथिको सेयर कारोबार भएको थियो।

आज सबै समूहको शेयर घटेकोमा बैंक समूहको शेयर २ दशमलव ३४ प्रतिशत र होटल समूहको शेयर २ दशमलव १२ प्रतिशतले ओरालो लागेको छ ।३४ कम्पनीको सेयर मूल्य बढेको छ । २१४ कम्पनीको सेयर मूल्य घटेको छ । पियोर इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य ९.९४ प्रतिशतले बढेको छ ।

आज सप्तकोशी विकास बैंकको शेयर सबैभन्दा धेरै झन्डै साढे ४ प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले घटेको दिन प्योज इनर्जी कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ ।

Related News

धुलिखेलमा उन्नत ड्रोन प्रविधि कार्यशाला : चिनियाँ उड्डयन विज्ञहरूको सहभागिता
धुलिखेलमा उन्नत ड्रोन प्रविधि कार्यशाला : चिनियाँ उड्डयन विज्ञहरूको सहभागिता
  • २०८२ जेष्ठ २०

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपालको बढ्दो ड्रोन तथा उड्डयन प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने उद्देश्यसहित ड्रोन हब नेपाल...

आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
  • २०८२ जेष्ठ २०

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानकि गरेको छ । जसनुसार अमेरिकी डलर...

समतामूलक समृद्धिका लागि नयाँ राजनीतिक मोडेल आवश्यक : बस्नेत
समतामूलक समृद्धिका लागि नयाँ राजनीतिक मोडेल आवश्यक : बस्नेत
  • २०८२ जेष्ठ २०

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं धनगढी । गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बहादुर बस्नेतले देशलाई समतामूलक समृद्धितर्फ उन्मुख गराउन...

TOP