काठमाडौं । आइतबार दिउँसो प्रहरी नियन्त्रणमा परेका राप्रपा, नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दिपक सिंहसहित ७ जना रिहा भएका छन् ।प्रहरीले उनीहरुलाइृ जिम्मा जमानीमा छोडेको हो । थापालाई भेट्न पुगेका राप्रपाका सांसद सिंहलाई पनि प्रहरीले प्रहरी परिसरबाटै पक्राउ गरेको हो । अन्य ५ जनालाई पनि प्रदर्शनकै क्रममा पक्राउ गरेको थियो । नारायणचौरबाट प्रदर्शन सुरु गरेको राजावादीहरूको समूह बालुवाटारमा प्रहरीको निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेपछि पक्राउ परेका थापालाई प्रहरी परिसर पुर्याइएको थियो ।
पक्राउ परेका ८ जना मध्ये ७ जनालाई प्रहरीले रिहा गरेको हो ।छोड्नु अघि उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो भने उनीहरुलाई परिवारको जिम्मा लगाइएको छ । राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन गर्दै आएका छन् । राजावादीहरूको प्रदर्शनस्थलबाट पक्राउ परेका डा. राजिव झा नछुट्ने भएका छन् ।
रक्सी खाएर प्रहरीमाथि नै दुर्व्यवहार गर्ने एक जना डा राजीव झा भने थुनामै छन्। पक्राउपछि स्वास्थ्य परीक्षण गर्दा उनले रक्सी खाएको पुष्टि भएको थियो।
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...