२०८२ फाल्गुन ४
February 16, 2026, Monday

श्री खाँडादेबी मावि विद्यार्थी कल्याण छात्रवृत्ति अक्षयकोष स्थापना

श्री खाँडादेबी मावि विद्यार्थी कल्याण छात्रवृत्ति अक्षयकोष स्थापना

काभ्रेपलाञ्चोक जिल्ला, चौरीदेउराली गाउँपालिका–२ स्थित श्री खाँडादेबी माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूकाे २०८२ साल जेठ १७ गते एक विशेष भेलामार्फत पूर्व विद्यार्थी मञ्च खाँडादेबी गठन गर्नुका साथै खाँडादेबी मावि विद्यार्थी कल्याण छात्रवृत्ति अक्षयकोष स्थापना गरेका छन्।

भेलाले १५ सदस्यीय पूर्व विद्यार्थी मञ्च गठन गरेको छ, जसको अध्यक्षमा सरोज कुमार श्रेष्ठ (बिद्यार्थी २०३३), उपाध्यक्षमा गीतादेवी न्यौपाने (२०३३), सचिवमा भरत कुमार श्रेष्ठ (२०३७) र कोषाध्यक्षमा मिना श्रेष्ठ (२०४५) चयन भएका छन्। सदस्यहरु कुमार भण्डारी,मनाेज प्रधान,रामसली तामाङ,चन्द्र बहादुर नेपाली,मनिका प्रधान,कमला प्रधान,प्रबिना घिसिङ,तुलसी भण्डारी,सम्झना लामा र सपना लामा  साथै, छात्रवृत्ति अक्षयकोष समिति अध्यक्षमा श्रीराम तिमल्सिना चयन भएका छन्।

उपाध्यक्षद्वय बिना श्रेष्ठ,राजीब लामा,सचिब-प्रअ नबराज पाैडेल र काेषाध्यक्ष कान्ति लामा चयन भएका छन् । सदस्यहरु गाैतम प्रधान,शिव प्रधान,देबिमाया श्रेष्ठ,संजय थापा मगर चयन भएकाे छ। कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रीराम तिमल्सिनाको अध्यक्षता तथा प्रधानाध्यापक नवराज पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो। वि.सं. २०१० सालमा स्थापना भएको श्री खाँडादेबी मावि काभ्रे, रामेछाप, दोलखा र सिन्धुपाल्चोकको संगमस्थलमा अवस्थित छ। २०४८ सालमा पहिलो पटक एसएलसी परीक्षा दिएका यस विद्यालयबाट हालसम्म २,००० भन्दा बढी विद्यार्थी उत्तीर्ण भइसकेका छन्।

 

विद्यालय हाल बागमती प्रदेश सरकारद्वारा नमूना विद्यालयका रूपमा मान्यता प्राप्त गर्दै आएको छ। यहाँ कक्षा १२ सम्मको लागि बालिबिज्ञान प्राविधिक धारमा समेत पठनपाठन हुँदै आएको छ। पूर्व विद्यार्थी मञ्च र छात्रवृत्ति अक्षयकोष स्थापनासँगै विद्यालयको शैक्षिक तथा सामाजिक विकासमा थप योगदान पुग्ने विश्वास लिइएको छ।

Related News

हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
  • २०८२ जेष्ठ १७

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनाको कम्तिमा १ हजार कित्ता प्राथमिक शेयर उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि...

पाकिस्तान भारतसँग ६१ रनले पराजित
पाकिस्तान भारतसँग ६१ रनले पराजित
  • २०८२ जेष्ठ १७

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं आईसीसी टी–२० विश्वकपमा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको छ । भारतविरुद्ध जवाफी ब्याटिङ गरेको...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
  • २०८२ जेष्ठ १७

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको...

TOP