२०८२ फाल्गुन २९
March 13, 2026, Friday

संयोगले शिक्षामन्त्री भए, धेरै कुरा सिक्दैछु: पन्त

संयोगले शिक्षामन्त्री भए, धेरै कुरा सिक्दैछु: पन्त

काठमाडौं |  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आफू संयोगवश शिक्षामन्त्री बन्न पुगेको भन्दै अहिले शिक्षा क्षेत्रका धेरै कुरा सिक्ने प्रक्रियामा रहेको बताएका छन्।सोमबार काठमाडौंमा आयोजित शिक्षा नीति बहस अन्तर्गत उच्च शिक्षाका आयाम विषयक विमर्श कार्यक्रममा उनले संयोगले शिक्षामन्त्री हुन आइपुगेको भन्दै मुलुकको शिक्षा क्षेत्रलाई राम्रो र सुनिश्चित गन्तव्यतर्फ लैजानको लागि शिक्षा विद्हरुको मार्ग दर्शन र सल्लाहको खाँचो भएको बताए ।

‘लामो समय पत्रकारितामा बिताएँ,’ पन्तले भने, ‘पत्रकार महासंघको महासचिव हुँदै संसद सदस्य बनेको मान्छे हुँ। संयोगले शिक्षामन्त्री बन्ने मौका जुर्यो,। अहिले म तपाईहरूकै विद्यार्थी हुँ। सबैले बाटो देखाइदिनुहोला।’

उनले सम्पादकीय लेखहरू र पाठक प्रतिक्रियामा कतिपय गहन विचार प्रस्तुत हुने भन्दै त्यस्ता विचारहरूबाट आफू प्रभावित हुँदै आएको बताए। ‘कहिलेकाहीँ विद्वानहरूले पनि भन्न नसकेको कुरा पाठक प्रतिक्रियाले बोलेको हुन्छ,’ उनले थपे।यस्तै, उनले जबसम्म बहुलवादलाई सैद्धान्तिक रुपले मान्दैनौ तबसम्म शिक्षा र राजनीतिमा विविधता ल्याउन नसक्ने पनि बताए ।

Related News

इरान २०२६ को विश्वकपमा सहभागी नुहने
इरान २०२६ को विश्वकपमा सहभागी नुहने
  • २०८२ जेष्ठ १२

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
  • २०८२ जेष्ठ १२

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तीन...

एमाले अध्यक्ष ओलीका पिताको निधन
एमाले अध्यक्ष ओलीका पिताको निधन
  • २०८२ जेष्ठ १२

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । केही दिनयता...

TOP