२०८२ माघ ५
January 19, 2026, Monday

श्री टाँसी वाल बिकासका ३५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

श्री टाँसी वाल बिकासका ३५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काभ्रेपलाञ्चोक, जेठ १० — चौरीदेउराली गाउँपालिका–२, नाग्रेगगर्चेस्थित बाँझखेतको श्री टाँसी बाल विकास आधारभूत विद्यालयका ३५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। गत असोज १२ गतेको बाढी र पहिरोबाट प्रभावित बालबालिकाको मनोबल उच्च बनाउने उद्देश्यका साथै २५६९औं बुद्ध जयन्तीको अवसर पारेर लोकेश्वर मिडिया सर्भिस, काठमाडौंको संयोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

सहयोग कार्यक्रम चितवन, राप्ती नगरपालिका–७ भण्डारा निवासी साहित्यकार, पत्रकार, समाजसेवी तथा व्यवसायी राजेश रुम्बा तामाङको शुभ जन्मदिनको स्मरणमा, व्यक्तिगत आर्थिक सहयोगमा सम्पन्न भएको विद्यालयकी प्रधानाध्यापक लक्ष्मी लामाले जानकारी दिइन्।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष दम्जिदोर्जे लामाको सभाध्यक्षता र संस्थापक नोर्बु ध्याच्यो लामाको प्रमुख आतिथ्यमा विद्यार्थीहरूलाई कापी, डटपेन, पेन्सिल, इरेजर, कटर, स्केल लगायतका सामग्रीहरू प्रदान गरिएको थियो। सो अवसरमा शिक्षक अभिभावक संघ अध्यक्ष प्रकाश योञ्जन तामाङ, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूको सक्रिय उपस्थिति रहेको थियो। विद्यालयका बालबालिकालाई नियमित पठनपाठनमा अभिप्रेरणा दिने उद्देश्यले गरिएको यो सहयोगले समुदायमै सकारात्मक सन्देश प्रवाह गरेको स्थानीय अभिभावकहरूले बताएका छन्।

Related News

महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
  • २०८२ जेष्ठ १०

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...

सुनिताले दिइन बालेनलाई धन्यवाद
सुनिताले दिइन बालेनलाई धन्यवाद
  • २०८२ जेष्ठ १०

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...

निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
  • २०८२ जेष्ठ १०

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...

TOP