२०८२ माघ ५
January 19, 2026, Monday

प्रहरी सहायक निरीक्षक शेर्पाले चुमिन सगरमाथा शिखर

प्रहरी सहायक निरीक्षक शेर्पाले चुमिन सगरमाथा शिखर

काठमाडौं । प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाले सगरमाथाको सफल आरोहरण गरेकी छन् । प्रहरी प्रधान कार्यालयका अनुसार शेर्पाले सोमबार बिहान ८:५६ बजे सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएकी हुन्। सगरमाथा विजय गरेसँगै उनलाई प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले बधाई दिएका छन्।

सोलुखुम्बु घर भएका शेर्पा हाल नेपाल प्रहरी प्रधान कार्यालय  साइबर ब्यूरोमा कार्यरत छिन् ।  चैत २५ गते प्रधान कार्यालयमा आयोजित एक विशेष कार्यक्रमबिच आइजिपी थापाले उहाँलाई लैङ्गिक हिंसाविरुद्धको सन्देशसहितको ब्यानर हस्तान्तरण गर्दै बिदाइ गरेका थिए |

नेपाल प्रहरीले विगतमा सगरमाथाको सरसफाई अभियान तथा विभिन्न हिमालहरू आरोहण सफलतापूर्वक गरेको सन्दर्भमा यस्ता प्रेरणादायी एवम् साहसिक कार्यले भविष्यमा निरन्तरता पाउने विश्‍वास नेपाल प्रहरीले लिएको छ ।
शेर्पाको यो आरोहणले सुरक्षाकर्मी महिलाहरूको क्षमता र आत्मविश्वासको प्रतीक भएको प्रहरी स्रोतले जनाएको छ।

Related News

महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
  • २०८२ जेष्ठ ५

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...

सुनिताले दिइन बालेनलाई धन्यवाद
सुनिताले दिइन बालेनलाई धन्यवाद
  • २०८२ जेष्ठ ५

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...

निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
  • २०८२ जेष्ठ ५

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...

TOP