काठमाडौं । केही दिनदेखि मौसम खराब छ । हावाहुरी, चट्याङ र वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मौसम खराब नै रहने पूर्वानुमान छ ।
शुक्रबार बेलुका भने हावाहुरीसहितको वर्षाले विभिन्न भूभागमा भौतिक तथा मानवीय क्षति भएको थियो।पछिल्लो चौबीस घन्टामा देशका अधिकांश भूभागमा वर्षा भएको छ।
“कोसी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ,” मौसमविद् महर्जनले भनिन्, “यही ठाउँमा हावाहुरी चल्छ भनेर भन्न सकिँदैन, हिजो लुम्बिनीमा हावाहुरी चल्ने प्रणाली विकास भएर पूर्वसम्म पुगको थियो ।”
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। राति पनि यही सिलसिला जारी रहनेछ ।
मधेस र कोसी प्रदेशको तराईका भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भानवा रहेको विभागले बताएको छ । नेपालमा अहिले पश्चिमी र स्थानीय वायुका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको छ । यस्तै, आज राति बागमती प्रदेशको पहाडी क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं सुचना तथा सञ्चारमन्त्री जगदीश खरेलले कहिल्यै सरकारमा नभएता पनि सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेको...
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६...
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची...