२०८२ फाल्गुन २५
March 9, 2026, Monday

जलवायु परिवर्तन अहिलेको समयको सबैभन्दा ठूलो चुनौति: प्रधानमन्त्री ओली

जलवायु परिवर्तन अहिलेको समयको सबैभन्दा ठूलो चुनौति: प्रधानमन्त्री  ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तन अहिलेको समयको सबैभन्दा ठूलो चुनौति भएको बताएका छन् ।जलवायु परिवर्तनको असर बढ्नुमा नेपालको भूमिका नरहे पनि नेपाललै सबैभन्दा बढी क्षति व्यहोरिरहेको भन्दै उनले चिन्ता व्यक्त गरे । उनले जलवायु परिवर्तन अहिलेको समयको सबैभन्दा ठूलो चुनौति भएको बताए।

‘यो संकट ल्याउनमा हाम्रो खासै भूमिका छैन । तर यसको सबैभन्दा कठोर परिणाम हामीले नै भोगिरहेका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘हिमनदीहरू पग्लिरहेका छन् । वर्षा अनिश्चित बन्दै गइरहेको छ । पहिरोहरूले घर–बास बगाइरहेका छन् । बाढी र खडेरी अकस्मात आउँछन् । तर अझै हामी डटिरहेका छौं ।’

उनले भने, ‘जलवायु परिवर्तन अब सामान्य खतरा रहेन, यो हाम्रो समयको सबैभन्दा ठूलो चुनौती हो । यसले सबै थोकलाई लपेट्छ— हाम्रो पृथ्वी, हाम्रा जनता, र हाम्रो साझा समृद्धि, कुनै पनि राष्ट्र यसबाट अछुतो छैन, कुनै पनि समाज पूर्ण सुरक्षित छैन । तर सबैभन्दा बढी असर तिनीहरूमाथि परेको छ, जो यसको लागि सबैभन्दा कम जिम्मेवार छन् । गरिब, अत्यन्त असुरक्षितहरू, हिमाली र कम विकसित राष्ट्रहरू, नेपाल पनि तीमध्ये एक हो । यो संकट ल्याउनमा हाम्रो खासै भूमिका छैन तर यसको सबैभन्दा कठोर परिणाम हामीले नै भोगिरहेका छौं । हिमनदीहरू पग्लिरहेका छन्, वर्षा अनिश्चित बन्दै गइरहेको छ । पहिरोहरूले घर(बास बगाइरहेका छन्, बाढी र खडेरी अकस्मात आउँछन् ।’

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०८२ जेष्ठ २

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०८२ जेष्ठ २

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०८२ जेष्ठ २

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP