२०८२ फाल्गुन २९
March 13, 2026, Friday

बाढीमा परि सुदुरपश्चिममा ३५ जनाको मृत्यु

बाढीमा परि सुदुरपश्चिममा ३५ जनाको मृत्यु

 

काठमाण्डौ : लगातारको वर्षापछि देशका विभिन्न स्थानको जनजीवन कष्टकर भएको छ । देशको अरु भागको तुलनामा सुदूरपश्चिममा बढी क्षती पुगेको छ । असोज ३१ गतेदेखिको अविरल वर्षाका कारण यस प्रदेशमा ३५ जनाको मृत्यु भएको हो ।

सबैभन्दा बढी सुदुरपश्चिको डोटीमा बाढीपहिरो र डुबानले मानविय क्षती पुगेको छ । बाढीपहिरोका कारण डोटीमा १६ जना, बझाङमा १०, बैतडीमा ४ जना, अछाम र कैलालीमा १-१ जनाको मृत्यु भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यलयले जनाएको छ । यस क्षेत्रमा २३ जना बेपता भएका छन् र बेपता भएका मानिसहरुको खोजि भैरहेको छ ।डोटीमा ११, डडेलधुरामा दुई, बैतडीमा दुई र बझाङ र बाजुरमा एकरएक जना घाइते भएका हुन् । विपद्मा परी बाजुरा, डोटी, डडेल्धुरा, बझाङ, जिल्लामा गरी १०० बढी पशु चौपाया मरेका छन् , भने ६० बढी बेपत्ता छन् ।

पहिरोका कारण बझाङमा १२, डोटीमा छ र डडेल्धुरामा दुई गरी २० घरमा पूर्णरूपमा क्षति पुगेको छ । त्यस्तै बाढीका कारण यहाँका दुई सय १६ घरधुरी डुबानमा परेकामा ४३० जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको जनाइएको छ ।

Related News

इरान २०२६ को विश्वकपमा सहभागी नुहने
इरान २०२६ को विश्वकपमा सहभागी नुहने
  • २०७८ कार्तिक ७

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
  • २०७८ कार्तिक ७

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तीन...

एमाले अध्यक्ष ओलीका पिताको निधन
एमाले अध्यक्ष ओलीका पिताको निधन
  • २०७८ कार्तिक ७

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । केही दिनयता...

TOP