२०८२ फाल्गुन ४
February 16, 2026, Monday

प्रधानमन्त्री देउवा बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न पूर्व प्रस्थान

प्रधानमन्त्री देउवा बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न पूर्व प्रस्थान

 

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा आज बाढीपहिरो र डुबान प्रभावित क्षेत्र निरीक्षणका लागि प्रदेश नम्बर १ का जिल्लाहरूमा जाने भएका छन् । क्षतिको स्थलगत निरीक्षण गर्न प्रधानमन्त्री देउवा आज प्रदेश नम्बर १ भित्रका जिल्लाहरू जान लागेका हुन् ।

प्रधानमन्‍त्रीको सचिवालयकाअनुसार प्रधानमन्‍त्री देउवा बाढीपहिरो र डुवान प्रभावित पूर्वका सुनसरी, मोरङ, इलाम र पाँचथर जाने कार्यक्रम छ । चारै जिल्लामा प्रभावित क्षेत्रको अवलोकन, पीडितहरूसँग भेटघाट र प्रभावित जिल्लाको अवस्थाबारे जानकारी लिने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ । गत साता आएको बाढी पहिरो र डुबानबाट एक सयभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् भने ठूलो मात्रामा धानबाली र भौतिक संरचनामा क्षति भएको छ ।

यसअघि प्रधामन्त्री देउवाको नेतृत्वमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायरसहितको टोलीले बिहीबार र शुक्रबार सुदूरपश्चिमका बाढी, पहिरो र डुबान प्रभावित जिल्ला पुगेर सो क्षेत्रको अवस्थाका बारेमा जानकारी लिएका थिए ।

Related News

हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
  • २०७८ कार्तिक ७

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनाको कम्तिमा १ हजार कित्ता प्राथमिक शेयर उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि...

पाकिस्तान भारतसँग ६१ रनले पराजित
पाकिस्तान भारतसँग ६१ रनले पराजित
  • २०७८ कार्तिक ७

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं आईसीसी टी–२० विश्वकपमा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको छ । भारतविरुद्ध जवाफी ब्याटिङ गरेको...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
  • २०७८ कार्तिक ७

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको...

TOP