२०८२ फाल्गुन २९
March 13, 2026, Friday

टी-२० विश्वकप : आज भारत र पाकिस्तानबीच ‘हाइ भोल्टेज’ भिडन्त

टी-२० विश्वकप : आज भारत र पाकिस्तानबीच ‘हाइ भोल्टेज’ भिडन्त

 

युएई र ओमानमा जारी आइसिसी टी-२० विश्वकपको सुपर १२ को खेल शनिबारदेखि सुरु भएका छन्। सुपर १२ अन्तर्गत आइतबार बहुप्रतिक्षित खेल हुँदैछ।

आयोजक समेत रहेको भारतले सुपर १२ मा पहिलो खेलमै पाकिस्तानसँग खेल्दै विश्वकप सुरुआत गर्दैछ । चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान सुपर १२ को आफ्नो पहिलो खेलमा प्रतिस्पर्धा हुन लागेको हो । भारत र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार राति ७:४५ बजे दुबईमा सुरू हुनेछ। टी-२० मा भारत र पाकिस्तानबीच पाँच वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो। सन् २०१६ मा भएको पछिल्लो खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको थियो।

कोरोना महामारीका कारण भारतमा हुनुपर्ने विश्वकप यूएई र ओमानमा खेलाइएको हो । ओमानमा पहिलो चरणको एउटा समूहको खेल भएको थियो । सुपर १२ पछि भने सबै खेल यूएईको तीनवटा मैदानमा खेलाइँदै छ । भारत र पाकिस्तानबीचको खेलअघि ग्रुप १ मा रहेको बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । यो खेल शारजहाँमा दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

Related News

इरान २०२६ को विश्वकपमा सहभागी नुहने
इरान २०२६ को विश्वकपमा सहभागी नुहने
  • २०७८ कार्तिक ७

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
  • २०७८ कार्तिक ७

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तीन...

एमाले अध्यक्ष ओलीका पिताको निधन
एमाले अध्यक्ष ओलीका पिताको निधन
  • २०७८ कार्तिक ७

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । केही दिनयता...

TOP