काठमाण्डौं : पदको आधारमामा भाषाको प्रयोग हुदै आएको सुरक्षा निकायमा पनि अबदेखि सम्मानजनक भाषाको प्रयोग गर्नुपर्ने भएको छ। गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरुलाई बोलीचालीको भाषामा ‘तँ’ शब्दको प्रयाेग नगर्न निर्देशन गरेका छन् ।
नेपालका सुरक्षा संगठनमा बोलचालमा माथिल्ला पदमा भएकाले तल्लो पदमा भएकालाई ‘तँ’ भनेको सुनिएको बताउदै जुनसुकै तहका कर्मचारीलाई बोलाउँदा पनि ‘सम्मानार्थी’ शव्द प्रयोग गर्न निर्देशन दिनुएका छन् ।
मुस्कानसहितको सेवा सञ्चालन गरिरहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले अब सम्मानसहितको सेवा पनि सञ्चालन गर्न गृहमन्त्री खाँणले निर्देशन दिएको प्रहरीले जनाएको छ ।
मन्त्रीले निर्देशन दिने कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव सुनिल खनालको सहभागिता रहेको थियो ।
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तीन...
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । केही दिनयता...