काठमाडौं : पछिल्लो २४ घण्टामा ५ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै सोही अवधिमा ८ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ५ सय ४९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ६ हजार ५ सय ८६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय ७० जना र १ हजार ९ सय ६३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १ हजार २ सय ९३ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७२६ जना कोरोनामुक्त भएका छन्।
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तीन...
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । केही दिनयता...