सुर्खेत : प्रधानमन्त्री शेरबहादुर देउवाले बेमौसमी अबिरल बर्षाका कारण भएको क्षतिको अध्ययन गरेर थप राहतको व्यवस्था गर्ने प्रतिबद्दता ब्यक्त गरेका छन् ।
सुदूरपश्चिम प्रदेशमा भएको बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न जादै गर्दा सुर्खेत बिमानस्थलमा संचारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री देउवाले बाढी पहिरोले नेपालमा पुर्याएको अपुरणीय क्षति गरेको अबस्थामा जनताको साथमा रहने बताएका छन् ।
प्रधानमन्त्री देउवाले स्थलगत रुपमा अध्ययन गरेर थप राहतको व्यवस्था गरिने जानकारी दिएका छन् । प्रभावित क्षेत्रको निरीक्षण गरि जनताको अबस्थाको वास्तविक अध्ययनगरेर थप राहतको माध्यमबाट जनताको दुखमा साझेदारी गर्ने उल्लेख गरेका छन् ।
प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका असरका बारेमा अन्तर्राष्ट्रिय जगतमा कुरा राख्ने र आगामी दिनमा सहजता आउने समेत बताएका छन् ।
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तीन...
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । केही दिनयता...