२०८२ फाल्गुन ४
February 16, 2026, Monday

‘फोक्सुन्डो’ मा बोन धर्मका प्रतिपादकको मूर्ति

‘फोक्सुन्डो’ मा बोन धर्मका प्रतिपादकको मूर्ति

काठमाडौं :  नेपालको हिमाली जिल्ला डोल्पामा अबस्थित फोक्सुन्डो तालको किनारमा बोन धर्मका प्रवर्तक तोन्पा शेन्राव मिवोको नयाँ मूर्ति राखिएको छ। मूर्ति स्थानीय थासुङ छोलिङ गुम्बामा स्थापना गर्नका लागि त्यस स्थानमा लागिएको हो ।

गाउँलेलाई नयाँ मूर्ति दर्शन गर्न सजिलो होस् भनेर तालको किनारामा राखेको र चाँडै नै मूर्तिलाई गुम्बाभित्र राख्ने बताउछन बोन बुद्धिष्ट महासंघका महासचिव गेसे लोटोई छोग्लेक (छिरिङ लामा)

स्थानीय बासिन्दा र महासंघको संयुक्त्त पहलमा बनाइएको मूर्तिको तौल एक सय किलोग्राम र ५ फिट अग्लो छ। तामामा सुनको जलप लगाइएको मूर्ति बनाउन करिब २० लाख रुपैयाँ खर्च भएको महासचिव छोग्लेकले जानकारी दिएका छन् ।

मूर्तिलाई काठमाडौंबाट हेलिकप्टरमा फोक्सुन्डो पुर्‍याइएको हो। बोन धर्मग्रन्थअनुसार समयक्रममा पृथ्वीमा एक हजार आठ बुद्धको जन्म हुन्छ। तोन्पा शेन्राव आठौं बुद्ध हुन्। जनहितका लागि उनले प्रतिपादन गरेको प्रज्ञा र करुणायुक्त मार्गलाई बोन धर्म भनि मान्य गरिन्छ ।

Related News

हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
  • २०७८ कार्तिक ४

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनाको कम्तिमा १ हजार कित्ता प्राथमिक शेयर उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि...

पाकिस्तान भारतसँग ६१ रनले पराजित
पाकिस्तान भारतसँग ६१ रनले पराजित
  • २०७८ कार्तिक ४

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं आईसीसी टी–२० विश्वकपमा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको छ । भारतविरुद्ध जवाफी ब्याटिङ गरेको...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
  • २०७८ कार्तिक ४

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको...

TOP