२०८२ कार्तिक २८
November 14, 2025, Friday

‘फोक्सुन्डो’ मा बोन धर्मका प्रतिपादकको मूर्ति

‘फोक्सुन्डो’ मा बोन धर्मका प्रतिपादकको मूर्ति

काठमाडौं :  नेपालको हिमाली जिल्ला डोल्पामा अबस्थित फोक्सुन्डो तालको किनारमा बोन धर्मका प्रवर्तक तोन्पा शेन्राव मिवोको नयाँ मूर्ति राखिएको छ। मूर्ति स्थानीय थासुङ छोलिङ गुम्बामा स्थापना गर्नका लागि त्यस स्थानमा लागिएको हो ।

गाउँलेलाई नयाँ मूर्ति दर्शन गर्न सजिलो होस् भनेर तालको किनारामा राखेको र चाँडै नै मूर्तिलाई गुम्बाभित्र राख्ने बताउछन बोन बुद्धिष्ट महासंघका महासचिव गेसे लोटोई छोग्लेक (छिरिङ लामा)

स्थानीय बासिन्दा र महासंघको संयुक्त्त पहलमा बनाइएको मूर्तिको तौल एक सय किलोग्राम र ५ फिट अग्लो छ। तामामा सुनको जलप लगाइएको मूर्ति बनाउन करिब २० लाख रुपैयाँ खर्च भएको महासचिव छोग्लेकले जानकारी दिएका छन् ।

मूर्तिलाई काठमाडौंबाट हेलिकप्टरमा फोक्सुन्डो पुर्‍याइएको हो। बोन धर्मग्रन्थअनुसार समयक्रममा पृथ्वीमा एक हजार आठ बुद्धको जन्म हुन्छ। तोन्पा शेन्राव आठौं बुद्ध हुन्। जनहितका लागि उनले प्रतिपादन गरेको प्रज्ञा र करुणायुक्त मार्गलाई बोन धर्म भनि मान्य गरिन्छ ।

Related News

मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
  • २०७८ कार्तिक ४

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं सर्लाही । मधेश प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका पाँच जना प्रदेश...

अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
  • २०७८ कार्तिक ४

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी)...

कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
  • २०७८ कार्तिक ४

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट...

TOP