काठमाडौं : नेकपा (एमाले) को स्थायी कमिटी बैठक बस्दै छ । बैठक आज दिउँसो तीन बजे ललितपुरको च्यासलमा अवस्थित तुलसीलाल प्रतिष्ठानमा बस्ने भएको छ।
बैठकमा पार्टीको महाधिवेशन अगाडि गर्न लागिएको पालिका अधिवेशनबारे छलफल हुने एमालेले जनाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आजको बैठकमा विधान महाधिवेशनको समीक्षा र अविरल वर्षाका कारण भएको जनधनको क्षतिबारे पनि छलफल हुने जानकारी दिए । एमालेले आगामी ६ गतेदेखि वडा अधिवेशन र कात्तिक ९ गतेदेखि पालिका अधिवेशन गर्ने तालिका बनाएको छ ।
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...