बेमौसमी बर्षाका कारण बाढी, पहिरो पीडित बनेका घर भत्काएकाहरुलाई घर निर्माणका लागि ५ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउने सरकारले निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराउने निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाणले बताएका छन् । मन्त्रि खाणले घर निर्माणका लागि जग्गाको अभाव हुनेका लागि थप ३ लाख उपलब्ध गराइने पनि उल्लेख गरेका छन् । विपद् व्यवस्थापन समितिको तर्फबाट घरबारविहीन भएकाहरुलाई तत्काल ५० लाख पनि उपलब्ध गराउने निर्णय भएको छ ।
अविरल वर्षाका कारण धानबालीमा पुर्याएको क्षतिको विवरण संकलन र अध्ययन गरेर किसानलाई राहत दिने निर्णय गरेको पनि गृहमन्त्री खाणले जानकारी दिए । बाढी, पहिरोका कारण मृत्यु भएकाहरुका घरपरिवारलाई २ देखि ४ लाखसम्म आर्थिक सहयोग दिने निर्णय गरेको पनि उनले स्पस्ट पारेका छन् ।
कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपालको बढ्दो ड्रोन तथा उड्डयन प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने उद्देश्यसहित ड्रोन हब नेपाल...
कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानकि गरेको छ । जसनुसार अमेरिकी डलर...
कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं धनगढी । गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बहादुर बस्नेतले देशलाई समतामूलक समृद्धितर्फ उन्मुख गराउन...