काठमाडौं : पछिल्लो समय आएको बाढी र पहिरोको कारण देशभर धनजनको ठुलो क्षति भएको छ। बाढी पहिरोबाट ३१ जनाको मृत्यु भएको छ। गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले दिएको जानकारी अनुसार ४०० जना विस्तापित भएका छन् ।
मन्त्रालयका अनुसार बुधबार बिहान सम्ममा ३१ जनाको मृत्यु, १७ जना घाइते र ४३ जना बेपत्ता भएका छन्। प्रदेश १ मा मात्रै २२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। लगातार वर्षासँगै आएको पहिरोले घर पुरिँदा मंगलबार राती चौविसै गाउँपालिका १ गढिरेमा पहिरोले घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो। पहिरोले घर पुरिँदा घरधनी ६० वर्षीय भीमबहादुर श्रेष्ठ, ९ वर्षीय नाति विनोद श्रेष्ठ, ५ वर्षीयाकी नातिनी निर्जला श्रेष्ठ, पाहुना आएका दमक नगरपालिका–११ का ३९ वर्षीय संजीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र ७ वर्षीय दिप्सन श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी दिपक कुमार रायाले जानकारी दिए।
मनसुन बाहिरिनु अगाडि यस वर्ष मनसुनजन्य घटनाबाट मुलुकभर गरेर १३६ व्यक्तिको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार अहिले पनि ४५ जना बेपत्ता छन् भने १४४ घाइते भएका छन्। हाल भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ।
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं सुचना तथा सञ्चारमन्त्री जगदीश खरेलले कहिल्यै सरकारमा नभएता पनि सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेको...
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६...
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची...