काठमाडौं : पछिल्लो समय आएको बाढी र पहिरोको कारण देशभर धनजनको ठुलो क्षति भएको छ। बाढी पहिरोबाट ३१ जनाको मृत्यु भएको छ। गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले दिएको जानकारी अनुसार ४०० जना विस्तापित भएका छन् ।
मन्त्रालयका अनुसार बुधबार बिहान सम्ममा ३१ जनाको मृत्यु, १७ जना घाइते र ४३ जना बेपत्ता भएका छन्। प्रदेश १ मा मात्रै २२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। लगातार वर्षासँगै आएको पहिरोले घर पुरिँदा मंगलबार राती चौविसै गाउँपालिका १ गढिरेमा पहिरोले घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो। पहिरोले घर पुरिँदा घरधनी ६० वर्षीय भीमबहादुर श्रेष्ठ, ९ वर्षीय नाति विनोद श्रेष्ठ, ५ वर्षीयाकी नातिनी निर्जला श्रेष्ठ, पाहुना आएका दमक नगरपालिका–११ का ३९ वर्षीय संजीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र ७ वर्षीय दिप्सन श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी दिपक कुमार रायाले जानकारी दिए।
मनसुन बाहिरिनु अगाडि यस वर्ष मनसुनजन्य घटनाबाट मुलुकभर गरेर १३६ व्यक्तिको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार अहिले पनि ४५ जना बेपत्ता छन् भने १४४ घाइते भएका छन्। हाल भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ।
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...