२०८२ फाल्गुन २९
March 13, 2026, Friday

बस्तीमा बाढी पस्दा कैलालीका झण्डै २०० घर डुबानमा, ३ जना बेपत्ता

बस्तीमा बाढी पस्दा कैलालीका झण्डै २०० घर डुबानमा, ३ जना बेपत्ता

 

कैलाली : कर्णाली नदीमा आएको बाढी गाउँ पस्दा पूर्वी कैलालीमा झण्डै दुई सय घर डुबानमा परेका छन् । मंगलबार राति १ बजेको सयमा कर्णालीको बाढी टीकापुर नगरपालिका–५ साइपुरबाट कालाकुुण्डा हुँदै मोहना नदीलाई समेत थुन्दा कालाकुण्डा र अर्नाफाटाका ८० घर डुबानमा परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जानकी गाउँपालिका वडा नम्बर ७ र ८ मा पनि बाढीले झण्डै ४० घर डुबानमा परेका छन् भने कैलारी गाउँपालिकाको खल्लाफाटामा पनि २५ घर डुबानमा परेका छन् । नदीले घर डुबाएपछि प्रभावित भएका स्थानीयलाई राति नै कालिका माध्यमिक विद्यालय र आफन्तको घरमा सारिएको छ ।

यसैबीच कर्णाली नदीमा माछा मार्न गएका तीन जना बेपत्ता भएका छन् । यस्तै कर्णाली नदीमै माछा मार्न गएका थप तीन जना फसेका छन् । माछा मार्न गएका जानकी गाउँपालिकाका विष्णु चौधरीसहितका तीन जना कर्णाली नदीको भंगालोमा फसेको जानकारी आएकाले उद्धारका लागि पहल भइरहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

त्यस्तै लगातारको वर्षापछि आएको पहिरोले भीमदत्त राजमार्ग फेरि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

Related News

इरान २०२६ को विश्वकपमा सहभागी नुहने
इरान २०२६ को विश्वकपमा सहभागी नुहने
  • २०७८ कार्तिक ३

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
  • २०७८ कार्तिक ३

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तीन...

एमाले अध्यक्ष ओलीका पिताको निधन
एमाले अध्यक्ष ओलीका पिताको निधन
  • २०७८ कार्तिक ३

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । केही दिनयता...

TOP