२०८२ कार्तिक २१
November 7, 2025, Friday

बस्तीमा बाढी पस्दा कैलालीका झण्डै २०० घर डुबानमा, ३ जना बेपत्ता

बस्तीमा बाढी पस्दा कैलालीका झण्डै २०० घर डुबानमा, ३ जना बेपत्ता

 

कैलाली : कर्णाली नदीमा आएको बाढी गाउँ पस्दा पूर्वी कैलालीमा झण्डै दुई सय घर डुबानमा परेका छन् । मंगलबार राति १ बजेको सयमा कर्णालीको बाढी टीकापुर नगरपालिका–५ साइपुरबाट कालाकुुण्डा हुँदै मोहना नदीलाई समेत थुन्दा कालाकुण्डा र अर्नाफाटाका ८० घर डुबानमा परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जानकी गाउँपालिका वडा नम्बर ७ र ८ मा पनि बाढीले झण्डै ४० घर डुबानमा परेका छन् भने कैलारी गाउँपालिकाको खल्लाफाटामा पनि २५ घर डुबानमा परेका छन् । नदीले घर डुबाएपछि प्रभावित भएका स्थानीयलाई राति नै कालिका माध्यमिक विद्यालय र आफन्तको घरमा सारिएको छ ।

यसैबीच कर्णाली नदीमा माछा मार्न गएका तीन जना बेपत्ता भएका छन् । यस्तै कर्णाली नदीमै माछा मार्न गएका थप तीन जना फसेका छन् । माछा मार्न गएका जानकी गाउँपालिकाका विष्णु चौधरीसहितका तीन जना कर्णाली नदीको भंगालोमा फसेको जानकारी आएकाले उद्धारका लागि पहल भइरहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

त्यस्तै लगातारको वर्षापछि आएको पहिरोले भीमदत्त राजमार्ग फेरि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

Related News

आज सुनचाँदीको मूल्य घट्यो
आज सुनचाँदीको मूल्य घट्यो
  • २०७८ कार्तिक ३

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला १ हजार एक...

जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
  • २०७८ कार्तिक ३

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको त्रिदेशीय शृंखलामा...

बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
  • २०७८ कार्तिक ३

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं सुनसरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना २५ दिने निःशुल्क ‘बरिष्टा...

TOP