नेपालमा विदेशी नागरिकले तिर्नुपर्ने हवाई भाडादर जनवरी २०२२ बाट लागु हुने गरी घट्ने भएको छ ।
बुद्ध एयरले पर्यटक आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा सहित डलर फेयर करीव ५० प्रतिशत हाराहारी घटाउने निर्णय गरेको हो । नेपालमा पर्यटन व्यवसायीले डलर फेयर हटाउनु पर्ने माग गरिरहेका थिए ।
नेपालमा पर्यटन व्यवसायीको डलर फेयर हटाउनु पर्ने माग सम्बोदन गर्दै कम्पनीले डलर फेयर घटाउने निर्णय गरेको हो ।
सरकारले समेत डलर फेयर हटाउने प्रयास गरे पनि हालसम्म सफल भने हुन सकेको छैन । कम्पनीका सेल्स एण्ड मार्केटिङ निर्देशक रुपेश जोशीले सुस्ताएको पर्यटन व्यवसायलाई पुनजिर्वित गर्न यो निर्णय महत्वपूर्ण सावित हुने अपेक्षा ब्यक्त गरेका छन् ।
यस्तो रहने छ डलर फेयर घटेपछिको भाडादर
काठमाडौं–पोखरा : ६५ डलर
काठमाडौं–विराटनगर : ७६ डलर
काठमाडौं–जनकपुर : ४२ डलर
काठमाडौं–सिमरा : ३० डलर
काठमाडौं–भैरहवा : ६५ डलर
काठमाडौं–धनगढी : १३८ डलर
काठमाडौं–नेपालगन्ज : १०२ डलर
काठमाडौं–भद्रपुर : ९४ डलर
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत...