२०८३ बैशाख ३
April 16, 2026, Thursday

कर्णालीमा दशैँको बेला २१ दुर्घटना, ३७ जनाको मृत्यु, ११ जनाले गरे आत्महत्या

कर्णालीमा दशैँको बेला २१ दुर्घटना, ३७ जनाको मृत्यु, ११ जनाले गरे आत्महत्या

काठमाण्डौ : दशैँको अवधिभर कर्णाली प्रदेशमा साना ठूला गरी २१ सडक दुर्घटना भएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतले ती दुर्घटनामा परी ३७ को ज्यान गएको जनाएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयकाअनुसार दशैँमा ठूलो मानविय क्षती हुनेगरी मुगुमा बस दुर्घटनामा भएको हो । मुगुमा भएको दुर्घटनामा ३२ जनाको मृत्यु भएको छ भने ११ जना घाइते छन् । सुर्खेतमा ९ ओटा सवारी दुर्घटनामा तीन जनाको मृत्यु र २२ जना घाइते छन् ।

यस्तै, दैलेखमा चार ओटा सवारी दुर्घटनामा ७ जना घाइते छन् भने, सल्यानमा दुई ओटा सवारी दुर्घटनामा १६ जना घाइते भएका छन् । जाजरकोट, रुकुमपश्चिम, जुम्ला र कालिकोटमा एक- एक ओटा सवारी दुर्घटना भएका छन् । यी जिल्लामध्य रुकुम र जुम्लामा एक- एक जनाको मृत्यु भएको छ । कालिकोट र जाजरकोटमा भएका दुर्घटनामा तीन -तीन जना घाइते छन् । त्यस्तै प्रदेशमा दशैँ अवधिभर ११ जनाले आत्महत्या गरेको प्रदेश प्रहरीले जनाएको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ कार्तिक १

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ कार्तिक १

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ कार्तिक १

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP