सर्बियाको बेलग्रेडमा आयोजना भएको असंलग्न मुलुकहरूको उच्चस्तरीय बैठकमा भाग लिएर परराष्ट्र मन्त्री नारायण खड्का बुधबार स्वदेश फिर्ता भएका छन्।
सर्बिया र अजरबैजानका परराष्ट्र मन्त्री निकोला सेलाकोविक तथा जेहुन ब्यरामभको निमन्त्रणामा परराष्ट्र मन्त्रालयका पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलको नेतृत्व गरी मन्त्री खड्का असोज २२ गते बेलग्रेड गएका थिए। असोज २५ र २६ गतेको असंलग्न राष्ट्रहरूको उच्चस्तरीय बैठकमा भ्रमण सफल र नेपालको निम्ति फलदायी रहेको मन्त्री खड्काले बताए। उनले भने,’सम्बोधनको क्रममा मैले संख्यात्मक र नैतिक धरातलमा मजबुत असंलग्न आन्दोलनले विकासको क्रममा पछि परेका धेरै मुलुकका आवाजलाई समेटेर शान्तिपूर्ण, न्यायिक र समृद्ध विश्वको निर्माण गर्न जरूरी भएको औंल्याएको छु।’
उनले आन्दोलनलाई त्यसका सदस्यलगायत सबैले आ-आफ्नो स्थानबाट उपयुक्त सहयोग गरिदिन र भावी पुस्ताको लागि शान्त र समृद्ध विश्व समाजको निर्माण गर्न पनि बैठकमार्फत् सबैलाई अपिल गरेको जान कारी गराएका छन् ।
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...