नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने आईसीसीको प्लेयर अफ द मन्थ अवार्ड जितेका छन् । सन्दीपले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन् ।
आईसीसीले असोज १० गते जारी गरेको मनोनयनमा सन्दीपसँगै बंगलादेशका नसुम अहमद अमेरिकी पावर हिटर जस्करण मल्होत्रा पनि मनोनयनमा परेका थिए । सन्दीपले सेप्टेम्बरमा आईसीसी क्रिकेट विश्व कप लिग-२ अन्तर्गत ओमान भ्रमणका क्रमममा ६ एकदिवसीय खेलेका थिए । ओमान भ्रमणमा ७/३८ को इकोनेमीमा बलिङ गर्दै सन्दीपले १८ विकेट लिएका थिए । पपुवा न्युगिनीविरुद्धको खेलमा ६.११ को आँकडामा बलिङ गरेका सन्दीपले विश्व क्रिकेटको ध्यान फेरि एक पटक आफूतिर खिचेका थिए । समर्थकको भोटको आधारमा अर्को साता विजेताको भएको हो ।
नेपालबाट महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा पर्ने सन्दीप दोस्रो खेलाडी हुन् ।
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...