२०८२ फाल्गुन २५
March 9, 2026, Monday

नावी, गुञ्जी र कुटीमा जनगणना नहुने

नावी, गुञ्जी र कुटीमा जनगणना नहुने

नेपालको चुच्चे नक्सामा समेटिएका भारतीय अतिक्रमणको सिकार बनेका दार्चुलाका तीन गाउँमा जनगणना नहुने भएको छ नावी, गुञ्जी र कुटीमा जनगणना नहुने भएको छ । हाल सरकारले ७७ वटै जिल्लाका सबै स्थानीय तहमा घर सूचीकरणको लागि सुपरिवेक्षक खटाए पनि दार्चुलाका तीन गाउँमा भने खटाएको छैन । यो क्षेत्रमा २०१८ सालपछि जनगणना हुन सकेको छैन ।

नेपाल सरकारले मंसिर ९ गतेबाट १२ औ जनगणना गर्ने भएको छ । जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेका अनुसार अहिले सुरक्षा असहजता का कारण यो क्षेत्रमा अहिले पनि गणना सम्भव छैन । ‘अहिले हाम्रो राज्यको उपस्थित जहाँसम्म छ, त्यहाँसम्म मात्रै जनगणना हुन्छ,’ उनले भने । नेपाल सरकारले उपभोग गर्न नसकिरहेको र नेपाल सरकारको प्रशासनिक तथा सैनिक उपस्थिति नभएको ठाउँमा सुपरिवेक्षक पठाउन सम्भव नरहेको पाण्डेको भनाइ छ ।

‘चुच्चे नक्सामा परेको क्षेत्रमा नेपाली भूमि भएरै जान सुपरिवेक्षकका लागि बाटो नभएसम्म गणनाको लगत संकलन सजिलो छैन ।’अहिले सरकारको उपस्थित व्याँसको छांगरु तथा टिंकर मा मात्रै छ । त्योभन्दा वर अहिले जनगणना गर्न सकिने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए ।

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०७८ आश्विन २०

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०७८ आश्विन २०

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०७८ आश्विन २०

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP