नेपालको चुच्चे नक्सामा समेटिएका भारतीय अतिक्रमणको सिकार बनेका दार्चुलाका तीन गाउँमा जनगणना नहुने भएको छ नावी, गुञ्जी र कुटीमा जनगणना नहुने भएको छ । हाल सरकारले ७७ वटै जिल्लाका सबै स्थानीय तहमा घर सूचीकरणको लागि सुपरिवेक्षक खटाए पनि दार्चुलाका तीन गाउँमा भने खटाएको छैन । यो क्षेत्रमा २०१८ सालपछि जनगणना हुन सकेको छैन ।
नेपाल सरकारले मंसिर ९ गतेबाट १२ औ जनगणना गर्ने भएको छ । जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेका अनुसार अहिले सुरक्षा असहजता का कारण यो क्षेत्रमा अहिले पनि गणना सम्भव छैन । ‘अहिले हाम्रो राज्यको उपस्थित जहाँसम्म छ, त्यहाँसम्म मात्रै जनगणना हुन्छ,’ उनले भने । नेपाल सरकारले उपभोग गर्न नसकिरहेको र नेपाल सरकारको प्रशासनिक तथा सैनिक उपस्थिति नभएको ठाउँमा सुपरिवेक्षक पठाउन सम्भव नरहेको पाण्डेको भनाइ छ ।
‘चुच्चे नक्सामा परेको क्षेत्रमा नेपाली भूमि भएरै जान सुपरिवेक्षकका लागि बाटो नभएसम्म गणनाको लगत संकलन सजिलो छैन ।’अहिले सरकारको उपस्थित व्याँसको छांगरु तथा टिंकर मा मात्रै छ । त्योभन्दा वर अहिले जनगणना गर्न सकिने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए ।
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत...