काठमाडौं : चितवन टाइगर्स एभरेष्ट प्रिमियर लिग (इपीएल) को फाइनलमा पुगेको छ । बुधबारको खेलमा पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै चितवन फाइनलमा प्रवेश गरेको हो ।
पोखराले दिएको ६७ रनको लक्ष्य चितवनले ७ ओभर ५ बलमा १ विकेटको क्षतीमा पूरा गरेको थियो । फाइनलका लागि शीर्ष दुई स्थानमा रहेका चितवन र पोखराबीच प्रतिस्पर्धा भएको थियो । अब चितवनले फाइनलमा दोस्रो क्वालिफायरको विजेतासँग शनिबार खेल्नेछ । उता पोखराले पनि फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरको मौका पाउने छ । जसका लगि उसले एलिमिनेटरको विजेतासँग खेल्नुपर्नेछ ।
इपीएल अन्तर्गत नै आज एलिमिनेटरमा काठमाडौं किङ्स – ११ र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुनेछ । इपीएलको प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । त्यस्तैगरी उपविजेताले १५ लाख पाउनेछ ।
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तीन...
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । केही दिनयता...