२०८२ कार्तिक २५
November 11, 2025, Tuesday

दसैँ बिदामा पनि सर्वोच्चको आंशिक सेवा कायम

दसैँ बिदामा पनि सर्वोच्चको आंशिक सेवा कायम

सर्वोच्च अदालतले दसैँ बिदाको समयमा पनि सेवाप्रवाहलाई आंशिक रूपमा सुचारु गर्ने भएको छ। घटस्थापना, शनिबार र विजयादशमीको दिनबाहेक सर्वोच्चको  सेवा आंशिक रूपमा सुचारु हुने भएको हो। असोज २१ गते घटस्थापनाका दिनदेखि कात्तिक ३ गते कोजाग्रत पूर्णिमाका दिनसम्म दसैँ बिदा कायम रहने छ।

यो अवधिमा पर्ने घटस्थापना, शनिबार र विजयादशमीका दिनबाहेकका दिनमा बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न अदालत खुला रहने उपरजिस्ट्रार देवेन्द्र ढकालले जानकारी दिए ।

यस्तो खालको बिशेस सेवाका लागि निश्चित न्यायाधीशलाई जिम्मा दिने गरिन्छ । बुधबार बसेको पूर्ण बैठक (फुलकोर्ट) बैटकले दसैँ बिदामा न्यायसम्पादन गर्ने न्यायाधीशको रोस्टरसमेत तयार परिसकेको छ ।

न्याय प्रशासन ऐन, २०७३ को दफा २६ विशेष व्यवस्था अनुसार तिन दिन वा सो भन्दा बढी अवधिका लागि अदालत बन्द हुने भएमा त्यस्तो अवधिभर बन्दीप्रत्यक्षीकरणको निवेदन लिई सुनुवाइ गर्न न्यायाधीश तोक्नुपर्ने व्यवस्था उल्लेख छ । सर्वोच्चमा दसैँ बिदाको समयमा आवास्यकता अनुसार दैनिक एक या दुई न्यायाधीशलाई न्याय सम्पादनको जिम्मेवारी दिने अभ्यास रहेको बताउछन सर्बोच्चका प्रवक्ता बाबुराम दाहाल ।

Related News

सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन् : सञ्चारमन्त्री
सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन् : सञ्चारमन्त्री
  • २०७८ आश्विन २०

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं सुचना तथा सञ्चारमन्त्री जगदीश खरेलले कहिल्यै सरकारमा नभएता पनि सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेको...

हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
  • २०७८ आश्विन २०

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६...

मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह
मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह
  • २०७८ आश्विन २०

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची...

TOP