२०८२ फाल्गुन ३०
March 14, 2026, Saturday

दसैँ बिदामा पनि सर्वोच्चको आंशिक सेवा कायम

दसैँ बिदामा पनि सर्वोच्चको आंशिक सेवा कायम

सर्वोच्च अदालतले दसैँ बिदाको समयमा पनि सेवाप्रवाहलाई आंशिक रूपमा सुचारु गर्ने भएको छ। घटस्थापना, शनिबार र विजयादशमीको दिनबाहेक सर्वोच्चको  सेवा आंशिक रूपमा सुचारु हुने भएको हो। असोज २१ गते घटस्थापनाका दिनदेखि कात्तिक ३ गते कोजाग्रत पूर्णिमाका दिनसम्म दसैँ बिदा कायम रहने छ।

यो अवधिमा पर्ने घटस्थापना, शनिबार र विजयादशमीका दिनबाहेकका दिनमा बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न अदालत खुला रहने उपरजिस्ट्रार देवेन्द्र ढकालले जानकारी दिए ।

यस्तो खालको बिशेस सेवाका लागि निश्चित न्यायाधीशलाई जिम्मा दिने गरिन्छ । बुधबार बसेको पूर्ण बैठक (फुलकोर्ट) बैटकले दसैँ बिदामा न्यायसम्पादन गर्ने न्यायाधीशको रोस्टरसमेत तयार परिसकेको छ ।

न्याय प्रशासन ऐन, २०७३ को दफा २६ विशेष व्यवस्था अनुसार तिन दिन वा सो भन्दा बढी अवधिका लागि अदालत बन्द हुने भएमा त्यस्तो अवधिभर बन्दीप्रत्यक्षीकरणको निवेदन लिई सुनुवाइ गर्न न्यायाधीश तोक्नुपर्ने व्यवस्था उल्लेख छ । सर्वोच्चमा दसैँ बिदाको समयमा आवास्यकता अनुसार दैनिक एक या दुई न्यायाधीशलाई न्याय सम्पादनको जिम्मेवारी दिने अभ्यास रहेको बताउछन सर्बोच्चका प्रवक्ता बाबुराम दाहाल ।

Related News

इरान २०२६ को विश्वकपमा सहभागी नुहने
इरान २०२६ को विश्वकपमा सहभागी नुहने
  • २०७८ आश्विन २०

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
  • २०७८ आश्विन २०

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तीन...

एमाले अध्यक्ष ओलीका पिताको निधन
एमाले अध्यक्ष ओलीका पिताको निधन
  • २०७८ आश्विन २०

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । केही दिनयता...

TOP