काठमाण्डौं : लुम्बिनी प्रदेश सरकारले बुधबार दिउँसो प्रतिस्थापन बजेट ल्याउँदैछ । लुम्बिनी प्रदेश सरकारले पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेट विस्थापन गरी आर्थिक वर्ष २०७८र०७९ को नयाँ बजेट ल्याउने तयारी गरेको छ।
प्रदेशसभाको बुधबार दिउँसो १ बजे बस्ने बैठकमा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बजेट पेस गर्नेछन्। त्यसका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक बस्दैछ । सरकारले बजेटको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। तर, प्रदेशसभा बैठकमा विपक्षी नेकपा एमालेले दुई जना सांसदलाई कारबाही नगरेको भन्दै निरन्तर अवरुद्ध गर्दै आएको छ। अहिलेसम्म सहज वातावरण नबनेकाले मार्सल लगाएर बजेट ल्याउने संकेत सरकारले गरेको छ।
यसअघि तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले अध्यादेशबाट बजेट ल्याएका थिए । प्रतिस्थापन बजेट प्रस्तुत गर्नुअघि अघिल्लो सरकारले ल्याएको बजेटसम्बन्धी अध्यादेश खारेजीका लागि सदनमा प्रस्ताव लगिने छ । नयाँ सरकार गठन भएको करिब दुई महिना पुग्नै लाग्दासमेत सरकारले बजेट ल्याउन नसेकेको भन्दै आलोचना भइरहेको छ। पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेट विस्थापन गरेर नयाँ सरकारको सोच र योजना अनुसारको बजेट ल्याउने गरी परिमार्जनसमेत गरिएको छ।
१ भदौबाट सुरु संसदको नवौँ अधिवेशन एमालेले अवरुद्ध गर्दै आएको छ । एमालेको अवरोध र बहिस्कारकाबीच ७ असोजमा मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिनुभएको थियो ।
कोशीपारी अनलाइन फागुन १, काठमाण्डौं सुर्खेत । आसन्न प्रतिनिधी सभा निर्वाचनमा १० जना पूर्व सहकर्मीहरु चुनावी प्रतिस्पर्धामा छन् । प्रमूख...
कोशीपारी अनलाइन फागुन १, नवलपरासी नवलपरासी (पश्चिम) क्षेत्र नम्बर १ का निवर्तमान सांसद एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद चौधरी आज(शुक्रबार)बर्दघाट...
कोशीपारी अनलाइन फागुन १, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले आज कोशी प्रदेशका निर्वाचनसँग सम्बद्ध अधिकारी र सुरक्षा प्रमुखहरुसँग निर्वाचन तयारी र...