२०८२ मंसिर २४
December 10, 2025, Wednesday

आज देखि टेलिकमले ल्यायो चाडपर्व अफर

आज देखि टेलिकमले ल्यायो चाडपर्व अफर

आज देखि लागु हुने गरि नेपाल टेलिकमले दशैं, तिहार र छठका लागि विभिन्न अफर ल्याएको छ । टेलिकमले डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको पर्व अफर उपलब्ध गराउने जनाएको छ । दशैं अफर असोज १९ गतेदेखि कात्तिक २ गतेसम्म तथा तिहार, र छठ अफर कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म उपलब्ध गराउने प्रवक्ता राजेश जोशीले जानकारी दिए ।

डाटा प्याक २ सय ९४ रुपैयाँमा २० जीबी डाटा १० दिनभित्र र ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिनेछ । त्यसैगरी कम्पनीले एकदिनका लागि १ एमबीपीएस गतिको अनलिमिटेड प्याक ६९ रुपैयाँमा उपलब्ध गराउने भएको छ । भ्वाइस सेवा अन्तर्गत २५ रुपैयाँमा २४ घण्टा प्रयोग गर्न सकिने ४५ मिनेटको प्याक, ४० रुपैयाँमा तीन दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक र ५ सय रुपैयाँमा ३५ दिनसम्म प्रयोग गर्न सकिने १ हजार ३ सय मिनेटको प्याक उपलब्ध गराउने छ ।

उपलब्ध प्याक जुनसुकै समयमा प्रयोग गर्न मिल्ने छ ।यसैगरी अफर अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रूपमा डाटा प्याक उपलब्ध हुने समेत कम्पनीले जनाएको छ । २ सय रुपैयाँदेखि ४ सय ९९ रुपैयाँसम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५ सय एमबी र ५ सय रुपैयाँभन्दा बढीको रिचार्जमा ४ दिनभित्र प्रयोग गर्न सकिने एक जिबी डाटा प्याक उपलब्ध गराउने टेलिकमको योजना छ ।

Related News

धुलिखेलमा उन्नत ड्रोन प्रविधि कार्यशाला : चिनियाँ उड्डयन विज्ञहरूको सहभागिता
धुलिखेलमा उन्नत ड्रोन प्रविधि कार्यशाला : चिनियाँ उड्डयन विज्ञहरूको सहभागिता
  • २०७८ आश्विन १९

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपालको बढ्दो ड्रोन तथा उड्डयन प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने उद्देश्यसहित ड्रोन हब नेपाल...

आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
  • २०७८ आश्विन १९

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानकि गरेको छ । जसनुसार अमेरिकी डलर...

समतामूलक समृद्धिका लागि नयाँ राजनीतिक मोडेल आवश्यक : बस्नेत
समतामूलक समृद्धिका लागि नयाँ राजनीतिक मोडेल आवश्यक : बस्नेत
  • २०७८ आश्विन १९

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं धनगढी । गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बहादुर बस्नेतले देशलाई समतामूलक समृद्धितर्फ उन्मुख गराउन...

TOP