साढे ३३ किलो सुन तस्करी प्रकरणमा भरिया सनम शाक्यको हत्यामा संलग्न ८ जना दोषी ठहर भएका छन् भने ४८ जनाले सफाइ पाएका छन् ।
सनम शाक्यको हत्यामा जन्मकैद पाउनेमा गोरे भनिने चुडामणि उप्रेती, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले नरेन्द्र कार्की र भोजराज भण्डारी रहेका छन् । थप दुई जनालाई तीन वर्ष ६ महीना कैद सजाय हुने भएको छ । गोरेलाई अपहरण तथा शरीर बन्धक दोषी ठहर गरिएको छ भने अन्यले सफाइ पाएका छन् । फरार रहेका २१ जनाको मुद्दा मुल्तबीमा राखिएको छ ।
अपहरण तथा शरीर बन्धकमा गोरे मात्र दोषी ठहर भएका छन् । अन्यले सफाइ पाएका छन् । सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे २०७५ सालको जेठमा पक्राउ परेका थिए । तत्कालीन समयमा सुन तस्करीबारे छानविन गरिरहेको उच्चस्तरीय समितिले उनलाई पक्राउ गरेपछि सनम शाक्य हत्याको मुद्दा चलिरहेको मोरङ जिल्ला अदालतमा उपस्थित गराएको थियो । गोरेलाई गौरीघाटबाट पक्राउ गरिएको थियो ।
कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला १ हजार एक...
कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको त्रिदेशीय शृंखलामा...
कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं सुनसरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना २५ दिने निःशुल्क ‘बरिष्टा...