२०८२ फाल्गुन २८
March 12, 2026, Thursday

‘सहायक श्रीमान्’ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट

‘सहायक श्रीमान्’ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट

 

काठमाडौं : नेपालको बहुपति प्रथाका विषयमा निर्मित ‘सहायक श्रीमान्’ नयाँ डकुमेन्ट्री फिल्म को–हजबेन्ड अमेरिका र युरोपका प्रतिष्ठित चलचित्र महोत्सवहरुमा छनोट भएको छ ।

युरोपको जर्मनीस्थित १८औं टेगेन्सी इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिबल, स्लोभाकियाको २९औं इन्टरनेसनल फिल्म फेस्टिबल अफ माउन्टेन फिल्मस् पोपराडमा को–हजबेन्ड छनोट भएको हो । दुवै देशमा १३–१७ अक्टोबरसम्म हुने यो चलचित्र महोत्सवका लागि नेपालबाट पत्रकार गणेश पाण्डेद्वारा निर्देशित उक्त फिल्म छानिएको हो । सो फिल्मले यसअघि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निफमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट वृत्तचित्र अवार्डसहित एक हजार अमेरिकी डलर जितेको थियो ।

अन्तर्राष्ट्रिय पर्वतारोहण महोत्सव किम्फमा रिलिज गरिएको बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाङ्कन गरिएको हो । घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाइका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ । एउटै श्रीमतीसँग जीवन बिताएका र विद्रोह गरेका तीनवटा परिवारको सोही विषयलाई पहिलोपटक डकुमेन्ट्री मार्फत पर्दामा उठाएको छ ।

 

 

Related News

राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन संसद भवनको अनुगमन
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन संसद भवनको अनुगमन
  • २०७८ आश्विन १९

कोशीपारी अनलाइन फागुन २८, काठमाण्डौं राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले निर्माणाधीन संघीय संसद भवनको आकस्मिक अनुगमन गरेका छन् ।...

नेप्से २३.८७ अंकले बढ्यो, कारोबार रकम १४ अर्ब नाघ्यो
नेप्से २३.८७ अंकले बढ्यो, कारोबार रकम १४ अर्ब नाघ्यो
  • २०७८ आश्विन १९

कोशीपारी अनलाइन फागुन २८, काठमाण्डौं साताको अन्तिम कारोबार दिन नेप्से परिसुचक बढेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन...

त्रिशूलीमा ५०औं अन्तर्राष्ट्रिय राफ्टिङ महोत्सव सम्पन्न, जल पर्यटन प्रवद्र्धन र नदी संरक्षणमा जोड
त्रिशूलीमा ५०औं अन्तर्राष्ट्रिय राफ्टिङ महोत्सव सम्पन्न, जल पर्यटन प्रवद्र्धन र नदी संरक्षणमा जोड
  • २०७८ आश्विन १९

कोशीपारी अनलाइन फागुन २८, काठमाण्डौं नेपालको साहसिक तथा नदीमा आधारित पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको ५०औँ अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ...

TOP