२०८२ माघ ५
January 19, 2026, Monday

कूटनीतिक पहलमार्फत लिपुलेकको जनगणना गर्न नेविसंघको माग

कूटनीतिक पहलमार्फत लिपुलेकको जनगणना गर्न नेविसंघको माग

 

काडमाण्डौं : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले कूटनीतिक पहलमार्फत भएपनि कालापानी र लिपुलेकको जनगणना सम्पन्न गर्न ध्यानाकर्षण गरेको छ। सोमबार विज्ञप्ति निकालेर नेपाली भूमिबाटै जनगणना गर्नका लागि बाटो नभएकाले भारत सरकारसँग कूटनीतिक पहल गरेर जनगणना गर्न माग गरेका हुन्।

महाकालीपारि दार्चुलाको व्याँस गाउँपालिका– १ को छाङरु, तिंकर र त्योसँगै जोडिएको कालापानी, लिपुलेक क्षेत्रमा २०१८ सालपछि जनगणना हुन सकेको छैन । विज्ञप्तिमा नयाँ नक्सामा परेका महाकालीपारिको कालापानी, लिपुलेक क्षेत्रमा घर तथा घरपरिवार सूचीकरण हुन नसकेको विषयमा नेविसंघले सरकारको ध्यानाकर्षण गराएको हो।

राष्ट्रिय जनगणनाका लागि सुपरिवेक्षण पठाउन नै आनाकानी गर्दा मुलुकको नयाँ ‘चुच्चे नक्सा’ मा परेका महाकाली पारिको कालापानी, लिपुलेक क्षेत्रमा घर तथा घरपरिवार सूचीकरण हुन नसकेको छैन् ।  साथै पहिलो चरणको सूचीकरणका लागि उक्त क्षेत्रमा जान नेपालबाटै बाटो नभएको र भारतको बाटो भएर जानका लागि सरकारले नअह्राएको भन्दै जिल्ला तथ्यांक कार्यालयले सुपरिवेक्षक नै नपठाएकोप्रति नेविसंघले सरकारको ध्यानाकर्षण गराएको छ।

 

 

Related News

महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
  • २०७८ आश्विन १८

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...

सुनिताले दिइन बालेनलाई धन्यवाद
सुनिताले दिइन बालेनलाई धन्यवाद
  • २०७८ आश्विन १८

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...

निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
  • २०७८ आश्विन १८

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...

TOP