२०८२ फाल्गुन ४
February 16, 2026, Monday

एमाले प्रदेश २ कमिटीका २५ सदस्यद्वारा सामूहिक राजीनामा

एमाले प्रदेश २ कमिटीका २५ सदस्यद्वारा सामूहिक राजीनामा

 

काठमाडौं : नेकपा एमाले प्रदेश २ कमिटीका २५ सदस्यले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिने सबै नेता प्रभु साह निकट हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ८ बुँदे माग पेश गरेका साहको माग सम्बोधन नभएपछि उनीहरुले सामूहिक राजनीनामा दिएका हुन् ।

गत असोज ११ गते एमाले प्रदेश २ का अध्यक्ष ज्वाला साहले प्रदेश कमिटी विस्तार गर्दै २७३ सदस्यीय प्रदेश कमिटी घोषणा गरेका थिए । उनीहरूको राजीनामापत्रमा कम्युनिस्टमा योगदान गरेका व्यक्तिहरूलाई अवसर दिइनुपर्नेमा राजा–महाराजाको शैलीमा विधि प्रक्रियाको ख्यालै नगरी चाकडी गर्नेलाई मात्र अवसर दिइनु गलत रहेको उल्लेख छ । राजीनामा दिनेमा प्रदेश सदस्यहरू उपेन्द्र साह, मनोजकुमार यादव, कुन्दन कुसवाहा, त्रिभुवन साह, सियाराम कुसवाहा, कविता साह, रामआधार कापड, राजकुमार यादव, शिवपुजन यादव, श्रीलाल महासेठ, सिला यादव, शिवकुमार कापड, रामसिंह यादव, इस्लाम हवारी, रामप्रित राम, महेश यादव, किसुन मण्डल, राधाकृष्ण मैनाली, शोभित यादव, फुलझरी देवी, योगेन्द्र साह, मो। सैनुला अन्सारी, मुक्ति नारायण मिश्रा, रासनारायण राय र सन्तोष मेहता छन् ।

Related News

हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
  • २०७८ आश्विन १८

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनाको कम्तिमा १ हजार कित्ता प्राथमिक शेयर उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि...

पाकिस्तान भारतसँग ६१ रनले पराजित
पाकिस्तान भारतसँग ६१ रनले पराजित
  • २०७८ आश्विन १८

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं आईसीसी टी–२० विश्वकपमा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको छ । भारतविरुद्ध जवाफी ब्याटिङ गरेको...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
  • २०७८ आश्विन १८

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको...

TOP