२०८२ कार्तिक २८
November 14, 2025, Friday

एमाले प्रदेश २ कमिटीका २५ सदस्यद्वारा सामूहिक राजीनामा

एमाले प्रदेश २ कमिटीका २५ सदस्यद्वारा सामूहिक राजीनामा

 

काठमाडौं : नेकपा एमाले प्रदेश २ कमिटीका २५ सदस्यले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिने सबै नेता प्रभु साह निकट हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ८ बुँदे माग पेश गरेका साहको माग सम्बोधन नभएपछि उनीहरुले सामूहिक राजनीनामा दिएका हुन् ।

गत असोज ११ गते एमाले प्रदेश २ का अध्यक्ष ज्वाला साहले प्रदेश कमिटी विस्तार गर्दै २७३ सदस्यीय प्रदेश कमिटी घोषणा गरेका थिए । उनीहरूको राजीनामापत्रमा कम्युनिस्टमा योगदान गरेका व्यक्तिहरूलाई अवसर दिइनुपर्नेमा राजा–महाराजाको शैलीमा विधि प्रक्रियाको ख्यालै नगरी चाकडी गर्नेलाई मात्र अवसर दिइनु गलत रहेको उल्लेख छ । राजीनामा दिनेमा प्रदेश सदस्यहरू उपेन्द्र साह, मनोजकुमार यादव, कुन्दन कुसवाहा, त्रिभुवन साह, सियाराम कुसवाहा, कविता साह, रामआधार कापड, राजकुमार यादव, शिवपुजन यादव, श्रीलाल महासेठ, सिला यादव, शिवकुमार कापड, रामसिंह यादव, इस्लाम हवारी, रामप्रित राम, महेश यादव, किसुन मण्डल, राधाकृष्ण मैनाली, शोभित यादव, फुलझरी देवी, योगेन्द्र साह, मो। सैनुला अन्सारी, मुक्ति नारायण मिश्रा, रासनारायण राय र सन्तोष मेहता छन् ।

Related News

मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
  • २०७८ आश्विन १८

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं सर्लाही । मधेश प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका पाँच जना प्रदेश...

अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
  • २०७८ आश्विन १८

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी)...

कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
  • २०७८ आश्विन १८

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट...

TOP