पोखरा : पोखराको महत्त्वपूर्ण पर्यटकीय स्थल फेवातालको किनार भागबाट अर्को पर्यटकीय स्थल सराङकोटलाई जोड्ने गरी अन्नपूर्ण केबलकार निर्माण कार्य सम्पन्न भएको छ । पोखरामा छिट्टै नयाँ पर्यटकीय गन्तव्यका रूपमा केबलकार सञ्चालनमा आउने भएको हो ।
करिब दुई अर्ब लागतमा सम्पन्न उक्त केबलकार अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालनमा आउन लागेको हो । साहसिक पर्यटनका गतिविधि गर्न तथा सूर्योदय,सूर्यास्तसँगै हिमशृङ्खला र पोखराका मनोरम दृश्य नियाल्नका लागि प्रख्यात सराङकोटलाई जोड्ने गरी पोखरा महानगरपालिका–१८ को सेदी बगरमा निर्माण भएको केबलकार ढिलोमा अबको ३ महिना भित्रमा सञ्चालनमा ल्याइने भएको अन्नपूर्ण केबलकार प्रालिका निर्देशक तीर्थराज त्रिपाठीले बताउनुभयो ।
करिब ७५ रोपनी क्षेत्रफल ओगटेको परियोजनाको तल्लो तथा माथिल्लो स्टेसन कङ्क्रिट संरचनामा निर्माण भएको छ भने दुवै स्टेसन भवनमा रेस्टुरेन्ट, पार्किङ, गार्डेन, टिकट काउन्टर, शौचालयलगायतका भौतिक संरचना समेत निर्माण भइसकेका छन् ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाईरस सङ्क्रमणका कारण पटक पटक सञ्चालन मिति तोकिए पनि निर्माण सामग्रीको आयातमा तथा विदेशी प्राविधिकहरूको आवतजावतमा समस्या उत्पन्न हुँदा केबलकार सञ्चालनमा ल्याउन सकिएको थिएन । केबलकारको दुई हजार ४०० मिटर दुरीको उक्त क्षेत्रमा ८ देखि ९ मिनेटमा पुग्न सकिने त्रिपाठीले बताउनुभयो । केबलकारमा ८ जनाको सिट क्षमता रहेका १७ वटा गुण्डला र सामान ओसारपसार गर्ने एउटा गरी १८ वटा गुण्डला जडान गरिएको छ ।
केबलकारमा टिकटको मूल्य नेपाली पर्यटकलाई प्रतिव्यक्ति ६ सय रुपैयाँ, एसियनलाई ७ सय र अन्य मुलुकका पर्यटकलाई ८ सय रुपैयाँ निर्धारण गरिएको जनरल म्यानेजर दिनेश पौड्यालले बताउनुभयो । यस केबलकार कम्पनीमा विदेशी र स्थानीयको १०र१० र नेपालीको ८० प्रतिशत लगानी रहेको बताएका छन् ।
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तीन...
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । केही दिनयता...