पोखरा : पोखराको महत्त्वपूर्ण पर्यटकीय स्थल फेवातालको किनार भागबाट अर्को पर्यटकीय स्थल सराङकोटलाई जोड्ने गरी अन्नपूर्ण केबलकार निर्माण कार्य सम्पन्न भएको छ । पोखरामा छिट्टै नयाँ पर्यटकीय गन्तव्यका रूपमा केबलकार सञ्चालनमा आउने भएको हो ।
करिब दुई अर्ब लागतमा सम्पन्न उक्त केबलकार अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालनमा आउन लागेको हो । साहसिक पर्यटनका गतिविधि गर्न तथा सूर्योदय,सूर्यास्तसँगै हिमशृङ्खला र पोखराका मनोरम दृश्य नियाल्नका लागि प्रख्यात सराङकोटलाई जोड्ने गरी पोखरा महानगरपालिका–१८ को सेदी बगरमा निर्माण भएको केबलकार ढिलोमा अबको ३ महिना भित्रमा सञ्चालनमा ल्याइने भएको अन्नपूर्ण केबलकार प्रालिका निर्देशक तीर्थराज त्रिपाठीले बताउनुभयो ।
करिब ७५ रोपनी क्षेत्रफल ओगटेको परियोजनाको तल्लो तथा माथिल्लो स्टेसन कङ्क्रिट संरचनामा निर्माण भएको छ भने दुवै स्टेसन भवनमा रेस्टुरेन्ट, पार्किङ, गार्डेन, टिकट काउन्टर, शौचालयलगायतका भौतिक संरचना समेत निर्माण भइसकेका छन् ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाईरस सङ्क्रमणका कारण पटक पटक सञ्चालन मिति तोकिए पनि निर्माण सामग्रीको आयातमा तथा विदेशी प्राविधिकहरूको आवतजावतमा समस्या उत्पन्न हुँदा केबलकार सञ्चालनमा ल्याउन सकिएको थिएन । केबलकारको दुई हजार ४०० मिटर दुरीको उक्त क्षेत्रमा ८ देखि ९ मिनेटमा पुग्न सकिने त्रिपाठीले बताउनुभयो । केबलकारमा ८ जनाको सिट क्षमता रहेका १७ वटा गुण्डला र सामान ओसारपसार गर्ने एउटा गरी १८ वटा गुण्डला जडान गरिएको छ ।
केबलकारमा टिकटको मूल्य नेपाली पर्यटकलाई प्रतिव्यक्ति ६ सय रुपैयाँ, एसियनलाई ७ सय र अन्य मुलुकका पर्यटकलाई ८ सय रुपैयाँ निर्धारण गरिएको जनरल म्यानेजर दिनेश पौड्यालले बताउनुभयो । यस केबलकार कम्पनीमा विदेशी र स्थानीयको १०र१० र नेपालीको ८० प्रतिशत लगानी रहेको बताएका छन् ।
कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला १ हजार एक...
कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको त्रिदेशीय शृंखलामा...
कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं सुनसरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना २५ दिने निःशुल्क ‘बरिष्टा...