काठमाडौं : नेकपा एमालेको प्रथम विधान महाधिवेशन आज पनि जारी छ । ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको प्रथम राष्ट्रिय विधान महाधिवेशनअन्तर्गत आज समूहगत छलफल सुरु भएको छ।
महाधिवेशनमा हिजो पेस भएका अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल सुरु भएको हो। प्रतिवेदनमाथि बिहान पौने १० बजेदेखि समूहगत छलफल सुरु भएको एमाले प्रचार प्रसार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए। समूहको निष्कर्षपछि आइतबार महाधिवेशन सकिने छ।
दस्तावेजहरुमाथि माथि छलफल गर्न हिजै १० वटा समूह गठन भएका थिए । १० वटा समूहलाई सहजीकरण गर्न २० जना नेतालाई जिम्मेवारी दिइएको छ । प्रदेश १ समूहको सहजीकरण सुवास नेम्वाङ र भीम आचार्यले, प्रदेश २ समूहको सहजीकरण सत्यनारायण मण्डल र रघुविर महासेठले तथा बागमती प्रदेश समूहको सहजीकरण अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा बादलले गर्ने तोकिएको छ। यस्तै, गण्डकी प्रदेश समूहको सहजीकरण पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङले, लुम्बिनी प्रदेश समूहको विष्णु पौडेल र शंकर पोखरेल, कर्णाली प्रदेश समूहको युवराज ज्ञवाली र यामलाल कँडेलले सहजिकरण गर्ने जिम्मेवारी तोकिएको छ।
सुदूरपश्चिम प्रदेश समूहको सहजीकरण भीम रावल र लेखराज भट्टले, उपत्यका विशेष कमिटी सम्पर्क समूह र प्रवास समूहको सहजीकरण छबिलाव विश्वकर्मा र राजन भट्टराईले तथा जनसंगठन समूहको सहजीकरण गोकर्ण विष्ट र टोपबहादुर रायमाझीले गर्ने जनाइएको छ। यस्तै, केन्द्रीय निकाय र विभाग समूहको सहजीकरण अमृत बोहरा र पुष्प कँडेलले गर्नेछन्।
कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपालको बढ्दो ड्रोन तथा उड्डयन प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने उद्देश्यसहित ड्रोन हब नेपाल...
कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानकि गरेको छ । जसनुसार अमेरिकी डलर...
कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं धनगढी । गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बहादुर बस्नेतले देशलाई समतामूलक समृद्धितर्फ उन्मुख गराउन...