काठमाण्डौं : नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदैछ । कमलादीस्थित प्रज्ञा भवनबाट मध्यान्ह १२ बजे सुरु हुने सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलन नयाँ नेतृत्व चयन गर्दै भदौ १६ गते सकिनेछ ।
अखिलको नेतृत्वका लागि वर्तमान उपाध्यक्ष सुरेन्द्र बस्नेत र पन्चासिंह मुख्य दौडमा छन् । यस्तै, हालसम्म महासचिव उत्तम अधिकारीसहित तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम पनि अध्यक्षको आकांक्षी देखिएका छन् । अखिलका अनुसार सम्मेलनका लागि देशभरबाट ७९९ प्रतिनिधि सहभागी हुनेछन् । राष्ट्रिय सम्मेलनको तयारीस्वरुप यसअघि नै जिल्ला, क्याम्पस समिति लगायतको अधिवेशन सम्पन्न भइसकेको छ भने सम्मेलनको सबै तयारी पूरा भइसकेको छ।
सम्मेलनको नारा ‘शिक्षा, स्वास्थ्य रोजगारीको ग्यारेन्टीको लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२ औं राष्ट्रिय सम्मेलन’ भन्ने तय गरिएको छ । उद्घाटनपछि महाधिवेशनको बन्दसत्र कीर्तिपुरमा हुनेछ ।
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तीन...
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । केही दिनयता...