काठमाडौं : तीन दिन लगातार घटेको शेयर कारोबार मापक नेप्से परिसूचक आज बुधबार भने सुधार भएको छ । बुधबार ५० दशमलव ५८ अंकले बढेर नेप्से परिसूचक २ हजार ६ सय ६५ दशमलव ९३ अंकमा पुगेको छ ।
अघिल्ला तीन दिन लगातार घट्दा नेप्से परिसूचक २ सय अंकले तल झरेको थियो । ‘क’ वर्गमा रहेका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ५८ दशमलवले बढेको छ । दिनभर भएका ६३ हजार ९ सय १६ कारोबारबाट २२९ कम्पनीका ९८ लाख ९४ हजार ४ सय ७८ कित्ता शेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँ पुगेको छ । बुधबार कालिका माइक्रोफाइनान्स, जोशी हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त लगायतका कम्पनीहरु धेरै बढ्नेको शिर्ष स्थानमा देखिएका छन् ।
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तीन...
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । केही दिनयता...