काठमाण्डौ : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी वैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने दाबी गरेका छन् । सरकारले दैनिक तीन लाख जनतालाई खोप लगाउने काम गरिरहेको पनि स्पष्ट पारेका छन् ।
आज विश्व मुटु दिवसको अवसरमा ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले दशैंअघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने पनि विश्वास दिलाए ।उनले भने,‘हामी सरकारमा आएपछि खासगरी यो करिब ३ महिने कार्यकालमा १ करोड थप खोप लगाउने काम गरेका छौं । अहिले हामीले बालबालिकाको लागि एक करोड खोप सुनिश्चित् गरेका छौं ।’
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...